कर्णालीका सदस्यलाई अनुशिक्षण: उपचार कोषमा आवद्ध सदस्य परिवारलाई चार लाख रुपैयाँको उपचार सुविधा प्रदान

0
1083

झापा, कर्णाली बचत तथा ऋण सहकारी सस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीको भद्रपुर सेवाकेन्द्रको ब्यवस्थापनमा दक्षिणी झापाको पृथ्वीनगरस्थित ज्ञाने चौकमा रहेको परिवार नियोजनको कार्यलयमा सदस्यका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रमकाबीच कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्य परिवारलाई चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ ।
संस्थाको लघुवित्त सेवा केन्द्र नं. १९ का सदस्य सुजनकुमारी राना मगरका श्रीमान सूर्यबहादुर राना मगरलाई मृगौलाको उपचारका लागि उक्त रकम प्रदान गरिएको हो ।
अनुशिक्षण कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष कमला थुलुङले मगरलाई विशेष उपचार राहत प्रदान गरेकी हुन् ।
संस्थाका आइटी तारानाथ सेढाईंले दिएको जानकारी अनुसार भद्रपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक हेमराज खतिवडाको अध्यक्षतामा आयोजित सदस्य अनुशिक्षण कार्यक्रमको सहजीकरण संस्थाका सचिव भूपाल गौतमले गरेका थिए ।
भद्रपुर सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका सयोजक हेमराज खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य पदम श्रेष्ठ,देवी बहादुर थापा ,भद्रपुर शाखा ब्वस्थापन उपसमितिका सदस्यहरु विष्णुप्रसाद गौतम , प्रेमप्रसाद माबो लिम्बू ,मुना दाहाल आतिथ्यता रहेको थियो । भद्रपुर सेवाकेन्द्र अन्तर्गत केन्द्र नम्बर १९ का शेयर सदस्य सुजन कुमारी राना मगरको श्रीमान सूर्य बहदुर रानाको बिगत तिहारबाट निमोनिया भएपछि बिर्तामोडको बिएण्सी हस्पिटलमा लामो समय सम्म उपचार गराएपछिको खर्च सस्थाको विशेष उपचारकोषमा आबद्ध भएकोले नियमानुसारको रकम रु चारलाख रुपैया सस्थाका सचिव श्री भुपाल बस्नेत र शाखा ब्यवस्थापन उपसमिती सयोजक हेमराज खतिवडाले सयुक्त रुपमा वितरण गरेका थिए । रकम हस्तान्तरण गर्दै सचिव वस्नेतले कोषमा कुनै पनि सदस्य आवद्ध भएमा १० लाख सम्मको उपचार सुविधा पाईने बताएका थिए ।
शाखाको तर्फबाट शाखा प्रमुख तारा बहादुर राईले शाखाको माघमसान्तसम्मको वित्तिय विवरण प्रस्तुत गर्दै सस्थाको उदेश्य ऋण बचतको कार्य मात्र नभएर सामाजिक उत्तरदयित्यो पनि पुरा गर्दै २०७७ माघमसान्तसम्ममा रु ४२५२०० ,औषधी उपचार सुविधा रु ४०४६४० र कर्जा मिनाहा रु ८१४६ गरेको जानकारी गराउदै गत आबमा बिविन्न शिर्षकमा रु ६७५२०० र कर्जा मिनाह रु ८३३०४ साथै गत आबमा अति बिपन्न परिवारका ४१ जनालाई निर्ब्याजी रुपम रु २०५००० बितरण गरेको समेत जानकारी दिए ।
करिव ९० जना सहभागि रहनुभएको कार्यक्रममा कार्णाली सहकारीले ल्याएको उपचारकोष निकै महत्यपूर्ण रहेको प्रतिकृया ब्यक्त गर्दै करिब२ घण्टाको कार्यक्रम समापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here