तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
वीरता जेसीजले वीरता जेसीजमा आवद्ध बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सिनेटर विनोद वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका प्रकरण निर्देशक कमल श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष , वीरता जेसीजको मातृत्व शाखा वुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी , सदस्यमा निर्वाचित वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापा, उद्योग उपाध्यक्षमा निर्वाचित वीरता जेसीजका सदस्य सञ्जीव घिमिरे, सदस्यमा निर्वाचित वीरता जेसीजका अन्तर शाखा संयोजक जीवन खड्का, उद्योग सचिवमा निर्वाचित वीरता जेसीजका सदस्य कुशल खतिवडा, सदस्यमा निर्वाचित वीरता जेसीजका सदस्य पुकार वराल, सदस्यमा निर्वाचित वीरता जेसीजका सदस्य गुञ्जन प्रसाईंलाई फुलमाला अविर लगाएर कार्यकाल सफलताको शुभकामना दिदै सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा मेची–महाकाली साइकल यात्री अभिषेक धमला झापाली कान्छा र आकाश क्षेत्रीलाई वीरता जेसीजको लोगो अंकित टी–सर्टसहित सम्मान गर्दै यात्रा सफलताको कामना गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष , वीरता जेसीजको मातृत्व शाखा वुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटीले वीरता जेसीजसंग सहयात्रा गर्दै बिर्तामोड उद्योग बाणिज्य संघको गतिविधी अगाडी वढाउने बताएका थिए ।
वीरता जेसीजका मनोरञ्जन संयोजक आसिमज्वयल श्रेष्ठले आस्था बाचन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष विकास वस्नेतले गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको वीरता जेसीजका कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।