लक्ष्मीपुर।

कनकाई–८ लक्ष्मीपुरस्थित ज्येष्ठ नागरिक चौतारी सञ्चालन समितिले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वीपी पुस्तकालय एवम् ज्येष्ठ नागरिक चौतारीमा आयोजित कार्यक्रममा ६० वर्षदेखि १०० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई फूलमाला र दोसल्लाले सम्मान गरिएको हो । समितिका अध्यक्ष धनपति खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ८ मा बसोबास गर्ने ज्येष्ठ नागरिक गोविन्द मिश्र, लक्ष्मीदेवी खनाल, रणबहादुर तुम्वाहाम्फे, दिलबहादुर सार्की, मंगलसरी सोरेन, लक्ष्मीप्रसाद भेटुवाल, विधान राजवंशी, चान्मति राजवंशी, भक्तबहादुर कटुवाल, तुलसादेवी कटुवाल, इन्द्रमाया मगर र रामबहादुर राईलाई सम्मान गरिएको थियो ।
नगर उपप्र्र्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष प्रेमबहादुर कटुवाल, शेरबहादुर थापा, लीलाबहादुर कटुवाल, पुन्यप्रसाद बाराकोटी, उमेश भारती, हरिबहादुर आचार्य, देवी उप्रेती लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा समितिका तर्फबाट गोपाल चुडालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखनाथ दाहालले स्वागत गरेको कार्यक्रम समाजसेवी शेरबहादुर थापाले संस्थाको विकासको लागि ३३ हजार तीन सय ३३ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।































