मोरङमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ

0
1748

विराटनगर ।

मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले बलात्कारमा संलग्न भएको भन्दै एक ब्यक्तिलई पक्राउ गरेको छ । ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।

बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here