राजवंशी कथानक चलचित्र “भाई–भाई” को शुभ मूर्हत

0
1331

झापा ।

समुदायमा हुने घटनाको बारेमा सचेतना फैलाउने उदेश्यले भाई–भाई चलचित्र निर्माण हुने भएको छ ।

नेपाली तथा राजबंशी चलचित्रमा राम्रो प्रभाव पार्दै आएका विर्तामोडका पूर्ण राजवंशीले उक्त चलचित्र निर्माण गर्न लागेका हुन् । तीन जना नायक र तीन जना नायिकाको चलचित्रमा मुख्य भूमिका रहने बताइएको छ ।

करिव १२ लाखको लगानीमा चलचित्र वन्न लागेको निर्माता राजवंशीले बताए । झापा, ईलाम, पोखरा, जोमसोममा सुटिङ्ग हुने जनाइएको छ । चलचित्रको आइतबार शुभ मूर्हत भएको छ । सोमबारदेखि लगातार सुटिङ्ग हुने र महिना दिन भित्र सकिने अनुमान गरिएको छ ।

तीन वटा गित रहेको चलचित्रमा भाई–भाई बीचको कहानीलाई आधार मानेर चलचित्र बन्न लागेको हो । चलचित्रमा मुख्य कलाकारको रुपमा यस अघिनै चलचित्रमा अभिनय गरि सकेका चर्चित कलाकारहरुको संगम रहेको छ । पूर्ण राजवंशी ,हंशनारायण राजवंशी , मोहन राजबंशी ,कौशला राजबंशी, प्रतिभा राजवंशीको अभिनय रहने बताइएको छ ।

द्धन्द पनि रहने कमेडी पनि रहने चलचित्रको छायांकन विन्जु मिडियाले गर्ने भएको छ । मुख्य क्यामेरामेनको रुपमा बिजय बराल रहने छन् । ड्रोन लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरी चलचित्र छायांकन गर्न लागेका बरालले बताए।

चलचित्रका निर्देशक गजेन्द्र राजबंशीले गर्ने बताइएको छ । यस अघि राजवंशीले तहरे यादत जस्ता चलचित्रमानिर्देशन गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here