रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना

0
981

बिर्तामोड ।

झापाको बिर्तामोड – ९ गरामनीमा रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गरिएको छ ।

अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले दिवंगत मातापिताको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् ।

रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन व्यवसायी कूलप्रसाद खरेलले गरेका थिए ।

कार्यक्रममा रूपनारायण–पवित्रा प्रसाईंका छोरा डिल्लीराम प्रसाईंले प्रतिष्ठान स्थापनाको उद्देश्य प्रकाश पारेका थिए ।र्
उनले प्रतिष्ठानको कार्यक्षेत्र झापा जिल्लाभर रहने बताउँदै अक्षयकोषको ब्याजबाट वार्षिक रूपमा अपांग, असहाय, जेहेन्दार, गरिव, विपन्न तथा लक्षित वर्गका मानिसलाई पहिचान गरी सम्मान तथा पुरस्कार एवम् राहत प्रदान गरिने जानकारी दिए ।

रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानका लागी नौ जनाको कार्यसमिति गठन गरिएको उनले बताए ।
सोही कार्यक्रममा प्रतिक्ष्ठानले सासू ससुरालाई खुब माया र सम्मान गर्ने तर श्रीमानबाट प्रताडित एक महिलालाई उत्कृष्ट बुहारीका रूपमा सम्मान गरेको थियो ।

कार्यक्रममा उत्कृष्ट बुहारीका रूपमा बिर्तामोड –७ खालबाडीकी संगीता खबासलाई नगद चार हजार र सम्मान पत्र प्रदान गरिएको थियो भने परिवारका ज्येष्ठ दुईजना महिला सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार गोपाल काफ्ले, शिक्षक लक्ष्मण शिवाकोटी, सामाजिक व्यक्तित्वहरु पूर्णप्रसाद ओडारी, टंक आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष संग्रौलाले प्रतिष्ठानलाई मजवुत बनाउन आठ जना दाजुभाइ सबैले सहयोग गर्ने, नाता सम्बन्ध भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here