पाँचथर । 
पाँचथरको फाल्गुनन्द–५ सुलुम्फीमा ट्याक्सी दुर्घटना हुँदा सवार एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बू रहेका छन् । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी बुधबार बिहान उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बू गम्भिर घाईते भएका थिए ।
घाइते लिम्बूलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।






























