
विवेक भट्टराई (बाबुराजा)
बिरानो यो संसारमा एक्लो हुन पुगें
थाहा नपाई जविनमा धोका खान पुगें ।
दिन बित्दै थियो समयको काँटा जस्तै
घामको किरण प्रभावले संकेत दिए जस्तै ।
अस्ताएको घामसंगै डुब्ने संकेत दिए
जिन्दगीको पिरले गर्दा नसा पिउँदै थिएँ ।
चन्द्रमाको प्रकाश झर्दा पृथ्वी उज्यालो
औंशीको दिन कालोरात पृथ्वी अँध्यारो ।
चम्कदै थिँए तारा संगै जब
गर्जेर आकाशबाट बज्र पर्यो तव ।
वुद्धशान्ति –२ जयपुर , झापा



























