पत्रकार र रेडक्रसकर्मीसहित तीन पुरस्कृत

0
744

गोपाल अधिकारी,
झापा।

ताप्लेजुङमा एक कार्यक्रमका बीच पत्रकार, रेडक्रसकर्मी र सामाजिक क्षेत्रका अगुवालाई सम्मान गरिएको छ । सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा रेडियो तमोरमा कार्यरत सञ्चारकर्मी दिनेश लिङखिम, सामाजिक सेवा पुरस्कारबाट दिनेश प्रसाईं र जिल्लाभरका उपशाखा मध्ये उत्कृष्ट उपशाखा पुरस्कार कञ्चनजंघा उपशाखा फावाखोला तिरिङ्गेलाई पुरस्कृत गरिएको हो ।

सामाजिक क्षेत्रमा अगुवा स्व.टीकाराम गौतमको जन्मदिनको अवसरमा परिवारद्वारा स्थापित टीकाराम गौतम स्मृति प्रतिष्ठानले आठौं वार्षिकीको अवसर पारेर जिल्लभरिबाट विभिन्न क्षेत्रका उत्कृष्ट तीन जनालाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतम र सचिव प्रकाश गौतमका अनुसार सामाजिक क्षेत्रका ब्यक्तिलाई हरेक वर्ष यसरी नै सम्मान गर्ने गरिएको छ । कार्यक्रममा फुङलिङ नगर प्रमुख छत्रपति सुवेदी, राजनीतिकर्मी, कर्मचारी, व्यापारी, समाजसेवी, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here