कमल गाउँपालिकामा थप २९ जना संक्रमित

0
782

उमानाथ भण्डारी

कमल , कोभिड १९ को दोश्रो लहर चले संगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको संख्या दिन प्रतिदिन उच्च गतीमा बढी रहेको छ ।
विश्वमानै माहामारिका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट पछिल्लो ४८ घण्टामा कमल गाउपालिकामा २९ जनामा सक्रमित पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमित मध्ये पुरुष १७ जना र महिला १२ जना रहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ । यो संख्या सगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ७७ जना पुगेको छ ।
संक्रमित मध्ये ४० जना होम आईसोलेसन बस्नुभएको छ भने वि एण्ड सि अस्पताल विर्तामोडमा १ जना र कोभिड अस्पताल कमल ५ मा १ जना बस्नु भएको भने कोडिड लाई जितेर ३ जना घर फर्किनु भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लामा ३९ हजार ५९१ जनाको पिसिआर परिक्षण गर्दा ५ हजार ९२५मा कोभिड १९ संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ४ हजार ५७६ जना निको भएर घर फर्किनु भएको छ भने आईसोलेसनमा १ हजार २०३ जना बस्नु भएको छ भने १४६ जना को मृत्यु भएको स्वस्थ्य कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here