इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन

३० बैशाख २०७८, बिहीबार मा प्रकाशित

इटहरी,
इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ ।
इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा ब्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएको वताउनुभयो ।आज वेलुका देखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी वस्ने उहाँले वताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड वमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो । इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गर्नुभयो । उहाँले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिनुभयो ।

विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने वताउनुभयो । इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here