मेचीनगरपालिका भित्रका सवै बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने

१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

मेचीनगर,

मेचीनगर नगरपालिकाक्षत्रेभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरुलाई विद्यालयले यस अघि लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सूचना जारी गरेको छ ।

अब भने नगरपालिका भित्रका सवै बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने निश्चित छ । कोभिड १९ का कारण परीक्षा लिन सभ्भव नभएपछि यस अघि लिइएका परीक्षाकै नतिजाको आधारमा यो बर्षको बार्षिक परीक्षाको नजिता प्रकाशन गर्ने निर्णय भएको हो ।

नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखा अधिकारी उपसचिव होमनाथ भण्डारीले जारी गर्नुभएको ४ बुँदे सूचनामा यस्तो उल्लेख छ । यो सूचना सार्वजनिक भएसँगै अब उप्रान्त अनलाईनको माध्यमबाट बार्षिक परीक्षा लिन पाईदैंन् । यस अघि अनलाइनबाट परीक्षा लिएको भए त्यसले मान्यता प्राप्त गर्ने तर, नगरपालिकाले सूचना जारी गरेपछि अनलाईन माध्यमबाट समेत परीक्षा लिन नपाइने शिक्षा शाखाले स्पष्ट पारेके छ ।

शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीका अनुसार नगरपलिकाले तोकेको मापदण्ड भित्र रहेर नगरका सबै बिद्यालयले जेठ मसान्त भित्र बार्षिक परीक्षाको नजिता प्रकाशन गरिसक्नु पर्नेछ ।

कक्षा १ देखि ७ सम्मलाई आवधिक परीक्षा र निरन्तर मुल्याङ्कनका आधारमा बार्षिक परीक्षाको अंक दिने र नतिजा प्रकाशन गर्नुपर्ने, कक्षा ८ र ९ को लागि यस अघि लिइएका दुई वटा परीक्षाको आधारमा अंक दिने तर कक्षा ८ को हकमा सैद्घान्तिक परीक्षाको अंक मात्रै जेठ २५ गते भित्र नगर शिक्षा शाखामा उपलब्ध गराउने र प्रयोगात्मक तर्फको अंक यस अघि नै बिद्यालयले टिइएमआइएस मा अपलोड गरे अनुसार नगरपालिकाले नतिजा प्रकाशन गर्ने, बार्षिक परीक्षाको अंक दिदाँं बिद्यार्थीले अंक पाउने पुष्टिी हुने अभिलेख समेत राख्नु पर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्दा बिद्यार्थीको नाम राख्न नहुने र सिम्बल नम्बर वा रोल नम्बर मात्रै राख्न पाइने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here