महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

0
861

काठमाडौं,

जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो।

सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

चार नेतालाई पार्टीबाट निष्काशन गरेको पत्रसमेत निर्वाचन आयोगमा पठाइसकेको उनले बताए।

पार्टीको विवाद बढ्दै गएपछि एक अर्को समूहले दुवै पक्षलाई कारबाहीको चेतावनी सहितको स्पष्टीकरण सोधेको थियो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here