बिर्तामोड ।

अर्जुनधारा–५का चिरञ्जीवी अधिकारीले बुधवार पहिलोपटक रक्तदान गरे ।
पहिलोपटक रक्तदान गर्दा केही असजिलो महशुस भए पनि अरुको जीवन बचाउन आफ्नो एक पाउण्ड रगतले ठूलो महत्व राख्ने भन्दै उनले आगामी दिनमा रक्तदान लाई निरन्तरता दिने समेत उद्घोष गरे । रक्तदान गर्दा शुरुमा नशा झम्झमाए जस्तो भयो तर केही हुन्न रहेछ– उनले भने– शुरुमा धेरै डर थियो पहिलोपटक रगत दिएर केही हुन्न भन्ने अनुभव बटुले अब समय मिलाएर रक्तदान गरिरहन्छु ।
नवज्योति आधारभूत विद्यालय अर्जुनधारा–५ बैशावारीमा अर्जुनधारा–५स्थित २ नम्वर टोल विकास संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा अधिकारी पहिलोपटक रक्तदान गर्दै थिए भने सोही ठाउँका ओमप्रकाश लुइँटेल भने ७६ औं पकट रक्तदान गर्दै थिए । उनीमात्र होइन उनकी श्रीमती दुर्गा लम्सल लुर्इँटेल पनि श्रीमानसंगै रक्तदान गर्दै थिइन् ।
कोभिडको बढ्दो संक्रमणका कारण झापामा रगत अभाव भएपछि रक्तदानका अभियन्ता लुइँटेलकै पहलमा नेपाल रेडक्रस सोसाइटी उपअभियन्ता लुइँटेलकै पहलमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा १० महिलासहित ३२ जनाले रक्तदान गरेको अभियन्ता एवम नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडका सह सचिव ओमप्रकाशले बताए । रक्तदान गर्ने मध्ये सबैजसो उत्साहित देखिन्थे ।
रक्तदानका लागि आएकी अर्जुनधारा–५कै संगीता भट्टराईले पनि कोभिडको महामारीमा आफूले गरेका रगतले कसैको जीवन बचाउन सकिन्छ भन्ने हेतुले आफूले रगत दान गरेको बताएकी छिन् । महिलाहरुले पनि रक्तदान गर्नु पर्छ हामीहरुले रक्तदान गरे भने अरु महिलाहरुले पनि रक्तदान गर्छन् भन्दै आफूले रक्तदान गरेको बताइन् ।
उनीजस्तै सोही ठाउँका विसाल चम्लगाईले पनि वुधवार सातैपटक रक्तदान गरे । उनले पनि मानवीय सेवाका लागि आफूले रक्तदान गरेको बताएका छन् ।
यता नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको रक्तशाखाका प्राविधिक सचिन लिम्बूले झापामा अहिले रगतको अभाव देखिएको र झापामा विशेष गरी पोजेटिभ रगत नै बढी अभाव हुने गरेको बताएका छन् । उनले वुधवार थोरै संख्यामा रक्तदान भए पनि यसले ठूलो महत्व राख्ने बताएका छन् ।
एक /एक जनाले गरेको रक्तदानले धेरैको जीवन बचाउन सकिने भन्दै अरुलाई समेत रक्तदानका लागिआव्हान गरेका छन् ।






























