बुधबारे जेसीजको भवन निर्माणमा सहयोग जुट्दै

0
831

बुधबारे ।

 

बुधबारे जेसीजको भवन निर्माणका लागि आर्थिक तथा जिन्सि सहयोग आउने क्रम जारी छ । देश तथा विदेशमा हुनुहुने सहयोगी दाताहरुले रकम प्रदान गर्नुभएको छ भने धेरैले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राईको संयोजकत्वमा भवन निर्माण उपसमिति गठन गरी भवन निर्माणका लागि बुधबारे जेसीजले ‘मेरो पनि योगदान छ’ अभियान शुरु गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिनु भएको छ । हाल सम्म सो अभियान मार्फत भवन निर्माणका लागि ६ लाख बढी रकम र जिन्सि सहयोग जुटेको बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईले बताउनु भयो ।

यसैबिच बुधबारे जेसीजको भवन निर्माणका लागि जेसीहरुबाट समेत सहयोग जुट्न थालेको छ । बुधबारे जेसीजको भवन निर्माणका लागि तनहुँ जिल्लामा रहेको शुक्लागण्डकी जेसीजका वर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले पनि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बुधबारे जेसीजका लागि रु ५ हजार सहयोग गर्नुभएको हो । शुक्लागण्डकी जेसीज क्षेत्र ख मा पर्दछ भने बुधबारे जेसीज क्षेत्र क मा पर्दछ ।

भवन निर्माणका लागि सकेको सहयोग गर्न भवन निर्माण उपसमितिका आर्थिक संयोजक दीपेन सिटौलाले सबैमा अनुरोध गर्नुभएको छ ।

त्यस्तै बुधबारे जेसीजका महासचिव सुजित बरालले छलिमाया घिमिरे स्मृति जेसीज भवन निर्माणका लागि भवनको स्टिमेट, डिजाइन स्व. छलिमाया घिमिरेका नाती बुधबारे जेसीजका सदस्य हाल अमेरिका कर्मथलो बनाउनु भएका इन्जिनियर अर्जुन घिमिरेले निशुल्क गर्नुभएको जानकारी दिनुभयो ।

बुधबारे जेसीजलाई झापा बुद्धशान्ति– १ का शिक्षासेवी ज्ञानेन्द्र घिमिरेको परिवारले १० धुर जग्गा निशुल्क उपलब्ध गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here