बोल्ड पहिरनले ट्रोल भइन् अलीजे

२६ असार २०७८, शनिबार मा प्रकाशित

मुम्बई(दैनिक जागरण),

पाकिस्तानमा एक अभिनेत्रीको बोल्ड पहिरनका कारण त्यहाँ हरेक क्षेत्रमा चर्चाको विषय बनेको छ । कट्टरपन्थी समूहले यस किसिमको खुलापानले मुस्लिम समुदायप्रति अन्य समुदायले हेर्ने दृष्टिकोणमा फरक पर्ने तर्क गरेका छन् ।

टेलिफिल्म ‘ताना–बाना’की अभिनेत्री अलीजे शाहले बोल्ड पहिरन लगाएपछि पाकिस्तानमा चर्चाको विषय बनेको हो । भारतमा अभिनेता या अभिनेत्रीलाई ट्रोल बनाउनु सामान्य कुरा लिइन्छ । ‘हम टीवी स्टाइल अवार्ड’मा अलीजेले एक अफ शोल्डर ब्ल्याक गाउन लगाएपछि उनका लागि यो पहिरन निकै भारी बनेको छ ।

उनको तस्वीर सामाजिक सञ्जालमा आएपछि प्रयोगकर्ताले एक पछि अर्को प्रतिक्रिया जनाइरहेका छन् । कतिपयले यसलाई बलिउडको ‘चीप कपी’ भनेका छन् भने कतिपयले देशको संस्कृतिमाथि आक्रमण भनेका छन् ।

कतिपयले उनको पहिरनलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जून २० मा एचबीओलाई दिएको अन्तरवार्तासँग तुलना गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here