मेचीको मल्हम मेलम्चीलाई

0
901

झापा।

असारको दोस्रो साता अबिरल बर्षा पछि आएको बाढी र पहिरोको कारण बिस्थापित बनेका सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयलाई सहयोग हस्तान्तरण गरिएको छ ।

सहयोग सामग्री लिएर सोमबार बाढी प्रभावित क्षेत्र पुगेका नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले प्रभावित परिवारहरुलाई नगदसहित सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

झापाको मेची अभियानको समेत सहकार्यमा १० लाख २० हजार ८ सय ६३ रुपैयाँ नगद र दनुवार वस्तीका १०९ घरका लागि एक÷एक बोराका दरले खाद्यान्न चामल सहयोग सामग्रीको व्यवस्थापन गरी बाढी प्रभावित स्थानीयहरुलाई उपलब्ध गराइएको शर्माले बताए ।

उक्त रकममध्ये ६ लाख ४० हजार पोर्चुगलमा रहेका नेपालीबाट संकलन भएको हो । एनआरएन पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाको संयोजकत्वमा गठित समितिले रकम संकलन गरी शर्मालाई पठाएको थियो । जर्मनीबाट नेन्सी मेयरले दुई लाख १० हजार आठ सय ५४ रुपैयाँ पठाएकी थिइन् भने झापा मेचीनगरको मेची अभियानकोतर्फबाट ६० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै अष्ट्रेलियाबाट कञ्चन खड्काले ५० हजार, कांग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपालले ५० हजार र स्थानीय पार्टी कार्यकर्ता इन्द्रलोचन धितालले १० हजार रुपैयाँ प्रदान गरेको बताइएको छ । उक्त रकम विभिन्न मापदण्ड बनाएर पीडितलाई प्रदान गरिएको थियो ।

कांग्रेस प्रवक्ता शर्मासँगै मेलम्चीका पीडितलाई मल्हम्पट्टि गर्न प्रेमध्वज लामा, डा. डिल्ली भण्डारी, दिनेश थापामगर, दिव्यराज पोखरेल, महेश खनाल, धु्रव लुइँटेल, राजु काफ्ले, महेन्द्र बस्नेत, झलक नेपालसहितको टोली त्यहाँ पुगेको थियो । सहयोग हस्तान्तरणपछि स्थानीयले भने– सात समुद्रपारिदेखि सहयोग पठाउनुहुने सबै मानवीय नेपाली मन र मेची किनारको मेची अभियानलाई स्थानीय वासिन्दाकोतर्फबाट धेरै आभार र धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here