उमानाथ भण्डारी,कमल ।

रातको समयमा हुने अपराधिक घटना न्यूनीकरण गर्न सीसी क्यामरा भएको स्थानमा सडक बत्ती जडान गरिएको छ ।
कमल गाउँपालिका–३ स्थित केर्खा बजार र मुख्य राजमार्गमा जडान गरिएको सीसी क्यामराले रातिको समय अध्यारो भएकोले स्पष्ट फुटेज दिन नसक्ने भएकोले त्यसलाई सहज बनाउनका लागि केर्खा बजारका साथै सीसी क्यामरा भएका सात स्थानमा सडक बत्ती जडान गरिएको प्रहरी चौकी केर्खामा इञ्चार्ज राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
सो ठाउँमा आवश्यक पर्ने सात थान सडक बत्ती स्थानीय अनिल पौडेलले उपलब्ध गराएको श्रेष्ठले बताए । हाल केर्खा बजार लगायत आसपासका क्षेत्रमा सीसी क्यामरा जडान गरेपछि विभिन्न आपराधिक घटना संलग्न व्यक्ति पहिचान गर्न सहज भएको चौकीले जनाएको छ ।






























