पाँचथर।

पाँचथरको हिलिहाङ गाऊँपालिका–५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेहथुम आठराई गाऊँपालिका–५ छातेढुंगाका २७ बर्षीय टिका मोक्तान रहेका छन् । रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट गएको प्रहरी टोलीले पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।






























