एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

१२ श्रावण २०७८, मंगलवार मा प्रकाशित

कास्की,

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टीका)को विशेष पहलमा माछापुच्छ«े गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ ।

स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताउनुभयो । उहाँका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो । सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाउनुभएको जानकारी दिनुभयो । एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । एनआरएनए हङकङ र यसका अध्यक्ष गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट बिरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकामा गण्डकी प्रदेशमा १५ थान रहेको छ । गण्डकी प्रदेशमा सार्दिखोला स्वास्थ्यचौकीसहित तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा कोभिड आइसोलेशन केन्द्रलाई दुई थान र म्याग्दीको बेनी जिल्ला अस्पतालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरिएको छ ।

सालिजा स्वास्थ्यचौकी पर्वतलाई एक थान, बुर्तिबाङ स्वास्थ्यचौकीलाई दुई थान, लमजुङ जिल्ला अस्पतालाई दुई थान र लमजुङकै उत्तरकन्या स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर एनआरएनएबाट सहयोगस्वरुप प्राप्त भएको प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here