नियतिको खेलभित्रका हामी खेलाडी

१० चैत्र २०८०, शनिबार मा प्रकाशित

नियति आफैमा अदृष्य शक्ति हो । आकस्मिक घटनाबाट प्रभावित हुना साथै यो त ! नियतिको खेल हो भनेर हामी चित्त बुझाउने गर्दछौं । चित्त बुझाउनु पनि एक प्रकारको नियति नै हो । नियतिको धर्मनिष्ठताले नै गर्दा केही समय अघिसम्मको धरातलीय स्वरुपको मौसममा एक्कासी परिवर्तन आएको थियो । तापक्रमको मात्रा पनि अस्वभाविक गतिमा बढेको थियो । अजेय शक्ति भनेको मै हुँ भन्दै हुरी, बतास, बादल, बिजुलीको गडगडाहट र भारी बर्षाको मिलन एकैसाथ हुन पुगेको थियो । क्षणिक मिलन थियो त्यो ।

केहीबेरको परिस्थिति पछि फेरि सामान्य बन्दै गएको थियो । मौसममा आएको परिवर्तन सँगसँगै उनीहरुभित्र पनि एक प्रकारले जीवन नै साटिएको हो कि भन्ने भ्रम सिर्जना भएको थियो । परिवर्तन कै क्रममा जीवन र जगतमा अवस्थित पशुपन्क्षीदेखि मानवसम्म, किथ्रा्र किराफटयाँङ्ग्रादेखि सरिसृपसम्मका सबै प्राणीले आ–आफ्नो सुरक्षाका खातिर बासस्थानको खोजि गरे । ताकी सुनौलो भविष्यको निर्माण गर्न सकियोस् भनेर । हिजोसम्म पिंजडामा थुनिएका ती जीवित प्राणीले आफूलाई खुल्ला र उल्लासपूर्ण वातावारणमा कसैबाट प्रवेश गराएको अनुभव गरे । आ–आफ्नै शैलीका झन्डा फहराउँदै गगनभेदी नारा लगाए । गगनबाटिकासँग अंकमाल गर्दै प्रेमचुम्बन समेत गर्ने प्रयास गरे ।

नयाँ परिवेश र नयाँ धारणाबाट संरचित तत्कालीन अवस्थमा गन्तव्यविहीन हुन पुगे । यो धरातलमा अब के गर्ने भनेर आफ्mैमा तिलमिलाएको अवस्थामा उनीहरु कसैले के बिर्सिए ? कसैले के सम्झिए । कसैले के हराए ? कसैले के भेटे । कसैले त के के न भेटे ? जस्तो महशुस पनि गरे । बिर्सनेले बिर्सिए । हराउनेले हराए तर भेटनेले चाहिँ जट्टासहितको नरिवल नै भेटे । पुङग न पुच्छरको । न त फोर्न नै सक्छन् । न त फयाक्न नै । त्यो पनि निलो मात्र होइन । थरीथरी रङ्गका नै भेटे । न त सुरक्षा नै गर्न सके । न त फाल्न नै । न त खान नै सके ।

सामान्य आकांक्षा, महत्त्वकांक्षामा परिणत भयो । सामान्य आश्वासन, फोस्रा आश्वासानमा जेलिन पुगे । इमान्दारिता, स्पष्टता, पारदर्शिता र प्रतिस्पर्धा अनि निष्पक्षता जस्ता कुरा नारामा मात्र सिमति भए । बोली फेरीयो । डोली फेरीयो । खूला आकाश संकुचित हुँदै गयो । नातावाद, कृपावाद, भाषणवाद र फरियावाद मौलाउँदै गए । रबरयुक्त घरायसी बनौटका चप्पलहरु जापनीज र जर्मनीज ब्राण्डमा परिणत भए । सुर्के थैली आलिसान व्यागमा परिणत भए । फुसका छाना अट्टालीमा परिवर्तन भए । भुटेका मकै र सातु ब्रेकफास्ट, लञ्च र डिनरमा परिणत भए । घेरा फाटेका टोपी, कछाड, भोटो र सुरुवाल सुट र टाइमा मौलाए । परिवर्तन र विकृति दुबै सँगसँगै दु्रतगतिमा बढे । रोक्ने हिम्मत र होस कसैमा भएन । परिवर्तित विकासकै क्रममा त्यो धरातलीय स्वरुपमा प्वाल परेछ । हुस्की–स्कच र प्रेयसीको नसामा व्यस्त रहेकै समयमा कुन कन्तरबाट पानी पो रसाउन थालेछ ।

कतै खाली भागमा पनि भित्रभित्रै भुसको आगोले उग्ररुप लिएछ । आफूले टेकेको जगै भासिएर भत्किन थालेछ । धाँजा–धाँजा भएको त्यो धरातल खोल्साखाल्सीमा परिणत भए छ । हल्काफुल्का वर्षा हुँदै पनि खहरेको जस्तो उग्रस्वभावका व्यवहार र प्रदर्शन हुन थाले । त्रिवेणी र दोभानका वारी र पारी गर्दै दुई किनारका रुपमा सिङ्गो पहाड बनेर उभिएछ । कसलाई के थाहा ? उनीहरु त ! वारी भ¥याङ पारी भ¥याङ तेरा बाबुका लुते करङ् पो भन्न थालेछन् । आमने–सामने भए नै भने पनि एकले अर्काको अस्तित्व स्वीकार नगर्ने बाचा पो बाँधेछन् । दुबै किनारको बीचबाट बगिरहेको नदीको नीलो र निर्मल पानीलाई रक्तरञ्जित तरलताको तलाउमा पो देख्न थाले छन् । कित्ता र किनारालाई पनि आ–आफ्नै भोगमा अंशवण्डा गरेछन् । नियतिलाई आफ्नै काँधमा चढाएर दुबै किनारको मिलन बिन्दुको साक्षी बनाएछन् । एउटा पूल माथि अर्को पूल निर्माण गर्ने प्रतिस्र्पधा गरेछन् । कारण पनि अजब को नै रहेछ । एकले अर्काको पूल प्रयोग गर्ने भन्दा पनि आ–आफ्नै पूलबाट मात्र वारीपारी गर्ने प्रण पो गरेछन् ।

नियतिले पुनः परिवर्तनको संकेत दिएपछि निर्मित आ–आफ्नै पूलबाट अर्को संसार नियाल्ने जमर्को गरेछन् । जगरुपी किनारालाई बोली नफेर्ने साक्षी राख्तै मध्यस्थता र सहयोग जस्ता कित्रिम नाटकको मन्थन गरेछन् । मानौ भूलभूलैयाको खेलबाट बाल, युवा, बृद्धा सबैलाई आस्थाका भाव सिर्जना गराउँदै प्रतिबद्ध गराएका रहेछन् । मिलनविन्दुको नामबाट पूलमाथि पूलको रेखाङ्कन गर्दै नियतिले आफ्नो सिकारलाई लोभमा पारी जालमा फसाउँदै रहेछन् । नियतिको माखेसाङ्लोभित्र लोभिएका अद्भूतका प्राणी हामी पनि आफैले आफैलाई भूलभूलैयाको जालमा फसाउँदै रहेछौं । आफ्नो छातीमा आफै बन्दुक तेस्र्याउँदै, अरुलाई तर्साउने प्रयास गर्दै रहेछौं । बारुद बिछ्याउँदै रहेछौं । लाला–बाला, बाल–युवा, किशोर–बृद्वा सबैलाई शान्तिको हवन भन्दै नियतिको अग्नि कुण्डमा हामफाल्न लगाउँदै रहेछौ । बत्ती र पुतलीको सम्बन्धमा अजीव शक्ति देख्ने हामी पनि बत्तीको प्रकाशमा होमिँदै रहेछौं । सपनालाई यथार्थ बनाउँदै विपनालाई काल्पनिक हो भन्दा रहेछौं । निर्णय लिने क्षमतामा ह्रास आएपछि कुन साँचो कुन झुटो भनेर छुट्याउन पनि नियतिको नियतामा नै भरपर्दा रहेछौं ।

अज्ञानरुपी जालोमा जेलिएको हाम्रो राजनीतिक पृष्ठभूमि र अस्थिरता, बेराजगारी र गरिबीको महारुपी प्लास्टरको लोभमा हामी टासिँदै रहेछौं । नियतिको अभियानमा एउटा विशाल रङ्गशाला निर्माण गर्ने कार्यमा हामी जुटेका छौं । त्यही रङ्गशालामा थाहै नपाइ हामी त खेल खेल्ने खेलाडी पो भएछौ । यो रङगशाला वार्सिलोना, लक्सएजंल्स र सिउल तर्फको नभएर, हामी हाम्रै तपोभूमिमा निर्माण गर्दैछौं । खेल पनि हामी नियतिकै नेतृत्वमा खेल्दैछांै । हामीभित्रको लगानी गर्ने क्षमताको अभाव बुझेर होला हाम्रा छिमेकीहरु पनि रङ्गशाला निर्माणमा तँछाड मछाड गरिरहेछन् । हामीभित्रको सोझोपन र गरिबीको फाइदा उठाउँदै हाम्रो खेलको सञ्चालक त उनै छिमेकी पो रहेछन् । हिजोका चप्पल छाप आजका अट्टालीका मालिक पनि उनै छिमेकीको पोल्टमा रहेछन् । मध्यस्थकर्ता पनि उनैका झोले रहेछन् । उनले जे–जे इशारा गर्छन् । हामी त हो हो पाडरी भन्दै पत्याउँदै जाँदा रहेछौं । लगानी पनि उनै नियतिकै हो ।

हामी त मात्र गर्वका साथ नियतिभित्रका खेलडी हौ भन्दै जति गोल लागे पनि स्वीकार गर्दा रहेछौ । दृष्टिका क्षेत्रमा हामी सक्षम रहेछौं । यसमा दुईमत छैन । तर पनि हामी दृष्टिविहिनताको अभिनय गरिरहेका छौं । नियति आफैमा माहिर छ, कहिले कसलाई उफार्छ । कहिले कसलाई पछार्छ । टुङगै हुँदैन । नियति आफैभित्र नै पनि दुई किनारको उपस्थिति देखाउँछ । उसका किनारा भनेका फरक प्रकृतिका रहेछ । पहिलो ढकनी । आँखाको ढकनी । दोस्रो नानी । आँखाको नानी । कहिल हेर्ने । कहिले निदाउने । कहिले त निदाएको अभिनय मात्र गर्ने । हामी त नदी कै किनारातर्फ उन्मुख भएको पहाड जस्तै रहेछौं । जो आमनेसामने भए पनि दृष्टिविहीनको अभिनय गरिरहेको हुन्छ । फेरि पनि हामी आवाजविहीनको अभिनय गरिरहेका छौं । हामी आफै शरणार्थी भएका छौं ।

हाम्रो मिलन बिन्दुमा सुरक्षित साथ अवतरण गर्न पनि हामी अर्कासँग भिक्षा अनि गुहार माग्न बाध्य भएका छौं । तर, नियतिका दुबै किनारामा रहेका ढकनीहरू एकअर्कामा जोडिन्छन् । सुरक्षित पनि छन् । दृष्टिका दृष्टिले पनि आँखी भौँ आफैमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । जसको रोजाइबाट हामी वञ्चित भएका छांै । वञ्चित गराइएका छौं । निदाएको मानवलाई सहज ढंगबाट उठाउन सकिन्छ । तर, निदाएको जस्तो अभिनय गर्नेलाई त्यति सजिलै उठाउन सकिन्न । आँखा त हाम्रा पनि छन् । तर, तिलमिलाएका छन् । चिमचिमाएका छन् । न त ! छुट्टिन नै सक्छन् । न त ! जोडिन नै सक्छन् । त्यसैले हामी नियतिकै निम्ति भए पनि निदाएको अभिनय गरिरहेका छौ । दृष्टिविहीनको भूमिका निर्वाहा गर्दछौं । बन्दुकको नाल जस्तो हाम्रो नाकले सिमाङ्कन गरेका हाम्रा आँखा आफैमा महत्वपूर्ण हुदाँहँुदै पनि एकले अर्कालाई देख्न सकिरहेका छैनौं । देखने प्रयास पनि गरेका छैनौं । तर, तिनीहरुको बीचमा कति सामञ्जस्यता छ । आपसमा सहयोगको भावना छ । एउटाको अभावमा अर्काले सम्पूर्ण दायित्व बोकेर अभावको अनुभूतिलाई न्यून गराउँछ । नियतिले यिनै आँखा नै रोजेको छ । अवस्था अनुसार ढकनी खोली दृष्टि दिने नत्र ढकनी बन्द गरी अदृष्य भइ दिने । यो नै नियतिको खेल हो ।

हामी त ! नदीका किनारा आमने–सामने भएर पनि न त हटन नै सक्छौं । न त सहयोग गर्न नै । सहयोग त ! हामी माग्छौ, ताल न सुरको । त्यही नियति जो जेलाह प्रवृत्तिको छ । उसैको मूलमन्त्रमा र इशारामा हामी नाच्तछौ र नै जेलिन पुगेका छौं । मिठो मह, गुलियो बचन, दुर तर कटनीतिक दृष्टिबाट माहिर नियतिबाट जेलिएका हाम्रा हात–पाउ र शरीर न त उम्कन नै सक्छन् । न त छुट्टिन नै…। यो सबै हाम्रो अपरिस्कृत दिमागको उपज हो । अतः यसका लागि हामीले पनि आँखा खोल्नु पर्दछ । हामीले पनि आँखा नै रोज्नु पर्दछ । यिनै आँखाको ढकनीको सहयोगबाट दुई किनाराको भूमिकालार्ई आवश्यकता अनुसार छुट्याउनु अनि जोडन पनि सक्नु पर्दछ । साथै सुरक्षित ढंगबाट अवतरण समेत गर्न सक्नुपर्दछ । नत्र त ! नियति ले हामीलाई खेल, खेलाइ रहन्छ । हामी खेलि रहन्छौ । जेलाइ रहन्छ ।
हामी जेलिइ रहन्छौं । पासो थापी रहन्छ । सिकार भइ रहन्छौं । हामी उपभोग्य सिकारका रुपमा रहि रहने छांै । नियतिको सिकारले नै हामीलाई मातृयज्ञको स्वरुपबाट टाढा पु¥याउने छ । हामी धरासायी हुनेछौं । परिणमस्वरुप हामी नियतिको खेलबाट पितृघातक र मातृवियोगको सिकार हुनेछांै । नियतिको खेलको एउटा खलनायक पात्रमा मात्र हामी सिमत हुनेछांै । खेलमा पोख्त बन्न बाध्य भएका खेलाडी हामी, भाग्यका मात्र खेलाडी बन्नेछौं । पुर्पुरोमा हात राख्तै मेडलविहीन लेखिएको खेलाडी मात्र हामी हुनेछांै । नियतिले निम्त्याइएका खेलाडी हामी, नियतिभित्रका खेलाडी मात्र हुनेछौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here