मनसुनजन्य घटनाबारे गृहमन्त्रीबाट जानकारी

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

काठमाडौँ,

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोलगायत यस वर्ष मनसुनजन्य घटनाबाट हालसम्म ६६ जनाको मृत्युका साथै ४० जना घाइते भएको जानकारी दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँले ती प्राकृतिक विपद्को घटनामा परी ८१ जना घाइते भएका तथा १९ घर पूर्ण क्षति र १६६ घरमा आंशिक क्षति पुगेको बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, “मुलुकले बाढीपहिरो लगायतको प्राकृतिक विपद्का घटना व्यर्हाेनुपरेको छ, यस वर्षको मनसुनबाट धेरै जिल्लामा जनधन र पूर्वाधारको क्षति भएको छ ।”

उहाँले सिन्धुपाल्चोक, मनाङ, गोर्खा, लम्जुङ, कास्कीलगायत मनसुनका कारण मुलुकका ५५ जिल्ला प्रभावित हुन पुगेको जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here