उद्योगी व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम

0
648

विराटनगर,

उद्योग सङ्गठन मोरङले सङ्कटका समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम आज यहाँ सम्पन्न गरेको छ ।

वर्तमान महामारीका कारण उद्योग÷व्यवसायलगायतका क्षेत्रले भोग्नुपरेको व्यावसायिक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका सञ्चालक र उच्च व्यवस्थापकको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रमका संयोजक एवं सङ्गठनका कार्य समिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीले वर्तमान समयमा सामना गर्नु परिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीलाई आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीलाई समेत आफ्नो व्यावसायिक रणनीतिलाई पुनः समीक्षा गर्न बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीले अबका दिनमा एक व्यावसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।

श्रोत व्यक्ति साउथ एशिया सोसाइटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायका सम्बन्धमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा परिसङ्घ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न ऊर्जा प्राप्त हुने धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here