बिर्तामोड बजार अनुगमन स्वास्थ्य मापदण्ड पुरा नगर्ने ९ जनालाई जरिवाना

0
903

बिर्तामोड।

बढ्दो कोरोना संक्रमण्को अवस्थामा स्वास्थ्यको मापदण्ड पूरा नगरी हिड्ने पैदल यात्री, बस, मोटरसाइकल, सीटी सफारीमा यात्रा गर्नेलाई जरिवाना गरिएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा शुक्रवार गरिएको अनुगमनमा सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पूरा नगर्ने ९ जनालाई जरिवाना गरेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको हो । बिर्तामोड बजारमा बाणिज्य संघसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन बिर्तामोडस्थित मुक्तिचोकबाट पश्चिम वस स्टेण्डसम्मा अनुगमन गरेको थियो ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा गरेको अनुगमनमा वरिष्ठ उपाध्यक्ष न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यायलका इनिस्पेक्टर विजय कार्की, जिल्ला ट्राफिक कार्यालयका सई राजकुमार बस्नेत, नेपाल पत्रकार महासंघका प्रतिनिधि उपाध्यक्ष सुशिला संग्रौला, सूयोदय टेलिभिजनका पत्रकार लक्ष्मी लुइंटेल, रेडक्रसका प्रतिनिधि ओमप्रकाश लुइटेल, बाणिज्य संघका, महिला उपाध्यक्ष नैनाकला भट्टराई, सह कोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाल, विशाल थापा, पुकार वराल, समाजसेवी मिजास पोखरेललगायतको टोलीले अनुगमन गरेको वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here