विमल दहाल, ईलाम ।

बिगत ४ बर्षदेखि निर्माण शुरु गरिएको ठ्याउरे खोला फ्याउरे सिचाई योजनाको पहिलो चरणको काम सम्पन्न भएको छ ।
माई नगरपालिका वडा नम्बर ६, ७ र ८ महमाईको ११ सय ५० हेक्टरलाई सिंचाई सुविधा हुने गरि निर्माण शुरु भएको योजनको शुक्रबार एक कार्यक्रम बिच उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
माङसेबुङ्ग ३ अन्तरगत देउमाई खोलाको बाँदरे पुल मुहान गरि सञ्चालनमा ल्याईएको आयोजनाको जम्मा २४ किलोमिटर मध्ये हाल ५ दशमलब ४ सय साठ्ठी किलो मिटर खण्डमा पानी संचालनमा ल्याईएको जलश्रोत उपभोक्ता समितिका अध्यक्ष देबिभक्त कुमालले जानकारी दिनुभयो ।
२०७३ साल असार २९ गते संझौता भई पहिलो चरणमा १५ करोड तीस लाखमा सम्झौता भएपनि डिजाईन परिवर्तन हुदा भेरिएसन भई जम्मा १६ करोड ९१ लाखमा योजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको इञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । मुहान देखि माई ८ को कलकत्ते सम्मको २४ किलोमिटरको लागि ४१ करोड ७५ लाखको डिपिआर गरिएको भएता पनि बाकी साडे १८ किलो मिटरको काम सम्पन्न गर्न चालु आर्थिक वर्षमा संघबाट २ करोड र प्रदेश सरकार बाट २० लाख मात्र बिन्योजन गरिएको छ ।
योजना निर्माण सम्पन्न संयुक्त प्रमाणिकरण हस्तान्तरण कार्यक्रममा बोल्दै इलामका प्रदेश साँसद धिरेन्द्र शर्मा रमणले पशुपालन, कृषि ब्यबसायलाई आधुनिकीकरण गर्दै प्राविधमैत्री ब्यवसाय सञ्चालनमा सिंचाईले सहयोग गर्ने बताउनुभयो। वहाँले महत्वकांक्षी योजना भए पनि थप निर्माणको लागि सक्दो प्रयत्न गर्ने जानकारी दिनुभयो।

बिशेष अतिथि संबिधान सभाका सदस्य तथा सिंचाई योजनाका उपभोक्ता नगेन्द्र कुमालले बिकास भनेको साझेदारी भएको भन्दै साझेदारीमा लाग्यौ भने असम्भब केही नरहेको बताउनुभयो। त्यस्तै अर्का बिशेष अतिथि माईका मेयर दिपक कुमार थेवेले बिकासको मुख्य लक्ष्य सम्बृद्धि भएकाले परम्परागत निर्बाहामुखि कृषि पेशालाई सिंचाईको माध्यमबाट ब्यवसायमुखि खेती गर्दै अघि बढन सुझाव दिनुभयो ।
ढिलै भएपनि योजना निर्माण भएको र सिचाई भएमा माई नगरका तीन वडामा हिउँदे बाली लगाउन किसानलाई फाईदा पुग्ने नगर प्रमुख थेवेले बताउनुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष देबिभक्त कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ भौतिक तथा पुर्वाधार विकास मन्त्रालयका जलश्रोत तथा उर्जा विकास महाशाखा प्रमुख रमेश प्रसाद पौडेल , सिचाई विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठ , स्थानीय उपभोक्ता दिपक सेन्च्युुरी लगायतले माई नगरपालिकाको विकासमा ठ्याउरे खोला फ्याउरे सिचाई योजना कोसेढुंगा सावित हुने बताएका बताउनुभयो ।
एपेक्स सफल जेभी काठमाडौले पहाडको जटिल भुगोलमा निर्माण सम्पन्न गरि पानि सञ्चालन समेत शुभारम्भ गरिएको सिंचाई योजनाको करिब ५ किलो मिटर क्षेत्रमा प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण, संविधान सभा सदस्य नगेन्द्र कुमाल, माईका मेयर दिपक कुमार थेबे, जलस्रोत तथा उर्जा महाशाखा प्रमुख रमेश प्रसाद पौडेल, सिचाई डिभिजन कार्यालय ईलामका प्रमुख राम नारायण श्रेष्ठ, वडाध्यक्षहरु मुखराज आङ्गदम्बे, राम प्रसाद सदेम्वा, उपभोक्ता समितिका पदाधिकारी, सरोकारवाला, संचारकर्मी लगायको टोलीले हेड वर्क्स सम्म स्थलगत अनुगमन गरेको थियो छ ।































