झापा।

झापाको अर्जुनधारा–४ मदनपुरबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजीत समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन ।
उनीहरुलाई विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सात ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ४९ हजार पाँच सय रुपैँया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तीनै जना विरुद्ध थप अनुसन्धान तथा लागूऔषध मुद्धामा कानूनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























