काठमाडौं,

मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ। खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्याएका हुन्।
भारतका कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे।
यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।


























