अन्र्तराष्ट्रिय पारिवारिक खेती वर्ष – २०१४ झापामा मनाइयो

0
567

raj k pic
ममता श्रेष्ठ
बिर्तामोड, जेठ २० । अन्र्तराष्ट्रिय पारिवारिक खेती वर्ष  – २०१४ झापामा मनाइएको छ ।
जिल्ला कृषि सहकारी संघ झापा, जिल्ला सहकारी संघ झापा र जिल्ला कृषि समन्वय समिति झापाको संयुक्त आयोजनामा बिर्तामोड स्थित अग्रसेन भवनमा एक कार्यक्रमको आयोजना गरी अन्र्तराष्ट्रिय पारिवारिक खेती वर्ष  – २०१४ मनाइएको हो । कार्यक्रमको उद्घाटन पूर्व अर्थ सचिव रामेश्वर खनालले गरेका थिए । अन्र्तराष्ट्रिय पारिवारिक खेती वर्ष  – २०१४ कि संयोजक मीनाकुमारी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत यमनाथ चिमरियाले गरेका थिए ।
युवा बाहिर नजाउ, आफ्नो देशमा रमाउ लगायतका नारा सहित प्लेकार्ड हातमा लिएर बिर्तामोड परिक्रमासंगै सयौं कृषक अग्रसेन भवन पुगेका थिए । कार्यक्रममा स्वदेशी उत्पादन बढाउनु पर्ने र कृषिलाई आधुनिकी करण गर्न सहकारीको माध्यमबाट अघि बढ्नु पर्ने सहभागीले औल्याएका थिए । कार्यक्रममा नेपाल कृषि संघका अध्यक्ष खेमबहादुर पाठक, जिल्ला कृषि विकास झापाका निमित्त प्रमुख प्रमुख राजेन्द्रप्रसाद खरेल, गणेश ढकाल यमनाथ चिमरिया, गणेशप्रसाद भट्टराई, चन्द्रकला खरेल लगायतको आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन  युवराज ढकालले गरेका थिए ।
प्रशिक्षर्थी पत्रकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here