सम्वादको कार्य सह्रानीय

0
508

लामो समयदेखि झापाका साना चिया किसान र उद्योगीबीचमा देखिएको समस्या अन्तत सुल्झिएको छ । गत वैशाख २२ गतेबाट चिया किसानले हरियो पत्तीको उचित मूल्य पाउनु पर्ने लगायतका दुई सूत्रीय माग राख्दै दोलनमा उत्रिएका थिए । २७ दिनसम्म निरन्तर आन्दोलनका कारण उद्योगी र किसान बीचमा चिसिएको सम्वन्ध सुधार्ने काम सम्वाद समूह झापाले गरेको छ ,जुन सुखद कुरा हो । यसअघि पनि चिया बगानमा कार्यरत मजदुरले राजपत्रमा अंकित ज्याला उद्योगीले निदएको भन्दै चिया क्षेत्रमा काम गर्ने सम्पूर्ण मजदुर आन्दोलनमा उत्रिएका थिए ।  अन्तत निरन्तरको सहमति, सहकार्य र बार्ता कै माध्यमबाट सो समस्या पनि समाधान भएको थियो । श्रम मन्त्रालयमा भएको बार्तामा आन्दोलनमा उत्रिएका मजदुर संघ संगठनका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, झापाबाट निर्वाचित भएर गएका सभाषद, उद्योगी र श्रम तथा रोजगार मन्त्रालयका सचिव, कृषि मन्त्रालयका प्रतिनिधि, बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरु बीचमा भएको छलफलबाट सहमतिमा नै निष्कर्ष निकालिएको थियो । ३९ दिनसम्म आन्दोलनमा होमिएका मजदुर र उद्योगी बीचमा सात बुँदे सहमति भएपनि दुई बुँदे सहमतिलाई मात्र सञ्चारमाध्यमबाट बाहिर ल्याइएको थियो । सो क्रममा लामो समयसम्म बगान बन्द हुँदा तीस करोड बढीको क्षति भएको उद्योगीले बताएका थिए । त्यो आन्दोलन सहमतिबाट निष्कर्षमा पुगेपनि  अर्काे आन्दोलन यथावत नै थियो । आपूmहरुका माग सम्वोधन गरिनु पर्ने भन्दै साना किसानले आन्दोलन चर्काएपछि केही समय अघि झापाको सदरमुकाममा हरियो चिया पत्ती बोकेर हिडेको दुईबटा सबारीमा तोडफोड गर्दै किसानले हरियो चिया पत्ती सडकमा मिल्काईदिइका थिए । सोही क्रममा प्रहरी र किसानबीच घम्सा घम्सी भएको थियो । आन्दोलनमा उत्रीएका चिया किसानलाई  प्रहरीले नियन्त्रणमा लिएपछि सम्वाद समूह झापाले उनीहरुको जिम्मा आफूले लिने र सहमतिबाट बिवाद सुल्झाउन पहल गर्ने जिम्मा लिएको थियो । फलस्वरुप उसले लिएको लिम्मा अनुरुप सोमवार दुवैपक्ष बीचमा १० बुँदे सहमति गराएर समस्या सुल्झाएको छ । सम्वाद समूहको सचिवालयमा भएको बार्तामा सम्वाद समूह झापाले नै सहजीकरण गरेको थियो । बार्ताबाट  भारतीय बजारलाई आधारमानी निकासी र लागत खर्च वापत प्रतिकिलो ३ नेपाली रुपैयाँ हटाएर हरियो चिया पत्तीको मूल्य निर्धारण गर्ने , भारतीय बजारबाट मूल्य ल्याउँदा गलगलियास्थित चन्दनबारी र बजरंग बली चिया उद्योगबाट राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रत्येक हप्ता मूल्य ल्याई निर्धारण गर्ने तथा तोकिएका भारतीय कारखानाबाट ल्याएको मूल्यमा शंका लागे चिया तथा कफी विकास बोर्डको नेतृत्वमा आवश्यक पक्ष गए सोही स्तरका अन्य कारखाना र भारतीय साना चिया किसानसँग मूल्य बुझी समस्या समाधान गर्ने लगायतको सहमति भएको थियो ।

सहमतिमा जिल्ला प्रशासन कार्यालयतको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्ले, सम्वाद समूह तथा राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका कुन्दन भट्टराई, एकीकृत माओवादीका उपाध्यक्ष राजु आचार्य अग्नि, राप्रपा नेपालका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देन, स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेशले हस्ताक्षर गरेका छन् । यसैगरी  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारी झापाली साना किसान व्यवसायी संघका ज्योति पाठक, मेघराज रेग्मी, हर्क तामाङ र पर्वत डाँगी तथा झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, नेपाल चिया उत्पादक संघका आदित्य पराजुली, रमेश पराजुली र भक्ति अधिकारीले हस्ताक्षर गरेका थिए । झण्डै  ६ घण्टा वढी लगातार भएपनि सम्वाद समूहले दुई पक्ष बीचमा सौहादपूर्ण भएर काम गर्ने बतावरण सृजना जराएको छ  । यसले पक्कै पनि समाजमा राम्रो सन्देश त प्रवाह गर्छ नै यदि कुनै कारणबस यसखाले समस्या देखिए आपसी छलफल र सहमतिबाटै निष्र्कष निकाल्नु पर्छ  भन्ने पाठ सम्वाद समूहले सबैलाई सिकाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here