भोलि विश्व वातावरण दिवस । हरेक बर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको दिन मानी नेपालमा पनि यसलाई विविध कार्यक्रम गरी मनाइँदैछ । ‘हिमाल बचाऔं, वातावरण जोगाऔं’ यस बर्षको विश्व वातावरण दिवसको नारा छ ।
बढ्दो मात्रामा जलवायु परिवर्तनको प्रभाव यतिबेला हिमाली क्षेत्रमा परेको तथ्यसहित हिमाल बचाउन यस बर्षको विश्व वातावरण दिवस र नाराले झक्झक्याएको छ । जलवायु परिवर्तनका कारण नेपालको हिमालहरु पग्लने क्रम बढेको छ भने कतिपय हिमाल कालापथ्थरमा परिणत हुँदै गएको अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन वातावरण संरक्षणका लागि क्रियाशील सरोकारवाला र आम नागरिकले समेत जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, त्यसको असर र अब सरोकारवालाको दायित्व के हुन सक्छ ? भन्ने बारे बुझ्न र बुझाउनु जरुरी छ ।
अन्तरिÔयानले टिपेको रिमोट सेन्सिङ तस्वीर पहिल्याउ“दै वैज्ञानिकहरु हिमालयका हिमतालहरु फुट्दै, सुक्दै र हिमनदीका सीमाहरुमाथि सर्दै वस्तुतः नदीहरु हिमालमाथि उक्लिरहेको तथ्य उजागर गर्दै छन् । सन् २००९ मा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडका सज्वलरत्न बज्राचार्य तथा प्रदीप मल्लले गरेको अध्ययनले सगरमाथा Ôेत्रका हिमनदीहरु प्रतिवर्È १० मिटरदेखि ५९ मिटर उभो लागेको देखाएको छ । भारतीय वैज्ञानिकहरुले सन् १९८५देखि सन् २००१ मा गरेको अध्ययनले पनि गङ्गोत्रीका हिमनदीस“गै गङ्गानदी प्रतिवर्È औसत २३ मिटरको दरले हिमालमाथि उक्लने गरेको तथ्य प्रकाशमा ल्याएको छ ।
जलवायु परिवर्तन विÈयक अन्तर्राष्ट्रिय अध्ययन टोली (आईपीसीसी)ले सन् २१००सम्ममा पृथ्वीको तापमान १.४देखि ५.८ डिग्री सेल्सियससम्म बढ्ने आकलन गरेको छ । पृथ्वी आजभन्दा चार डिग्री सेल्सियसले बढी तात्यो भने यस ग्रहमा हिउ“को अस्तित्व हु“दैन । ध्रुवीय हिमखण्ड र हिमालय लगायत सबै हिमखण्डको हिउ“ तरल पानी बनेर समुद्रमा जम्मा हुनेछ, समुद्र सतह तीन मिटरभन्दामाथि चढ्छ र थुप्रै देश डुवानमा पर्छन् । त्यसको अतिरिक्त पृथ्वीमा पिउने पानी ज्यादै कम हुन जान्छ. हालको विश्वमा मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने गर्दछ हिमाल जोगाउने कार्यसुत्रभित्र हिमाली राष्ट्रहरुलाई बढी घच्घच्याउनु र विकासको प्रतिफलका रुपमा विनासका प्रकोपहरु भोग्न नपरोस् भन्ने सन्देश हिन्द–कुश हिमालयको पर्वतीय Ôेत्रमा बस्ने २० करोड जनसङख्या तथा समथर भू–भागमा बस्ने एक अर्ब ३० करोड जनसङ्ख्यासम्म मात्र होइन, सम्पूणर््ँ मानवजातिमा पु¥याउनु आजको माग हो । विकसित प्रविधिको प्रयोगबाट उत्सर्जन हुने विभिन्न प्रकारका ग्यास, अनियन्त्रित मानव जनसङ्ख्या, प्राकृतिक स्रोतको अत्यधिक र अवैज्ञानिक दोहनलगायतले ग्लोबल वार्मिङ (ब्रम्हाण्डीय उष्ण्ँता) बढ्दै छ. यसका कारण्ँ हिमालहरु तीब्ररुपमा पग्लदै छन्, जुन विगतको तुलनामा अस्वाभाविक पग्लाइ भएको भन्दै वैज्ञानिकहµले चिन्ता व्यक्त गरेका छन् ।
यसरी हेर्दा प्राकृतिक सम्पदाको तीब्र र उच्च दोहन विकसित मुलुकले गर्ने तर त्यसको हानिको सिधा प्रभाव कम विकसित खासगरी हिमाली मुलुकहरुमा पर्ने देखिएको छ । हिउ“ सकि“दैछ, हिमालहरु कालापथ्थरमा परिण्ँत हुदैछन्, हिमतालहरु फुट्दैछन् वा मासि“दैछन् । यसको असर हाम्रा हिमाल र हिमालसंग अन्योन्याश्रित सम्बन्ध भएका जनतालाई पर्ने भएको छ । विश्वका ४८ वटा कम विकसित मुलुकमा बसोबास गर्ने झण्डै ८८ करोड जनता यस्ता समस्याबाट आगामी दिनमा अति प्रभावित हुनेछन् ।
हिमनदीहरु हिमालयको काख–काखमा जम्ने हिउ“का विशाल थुप्रा र प्रायः निश्चल हिम ढिक्का हुन् । आङ्खनो वजन थेग्न नसकेको हिमनदीको पी“धको भाग तरल पानी बनेर हिमताल बन्छ । हिमतालको जलासय र हिमनदीको ठोस हिउ“ भेट हुने ठाउ“ समुद्र सतहबाट लगभग पा“च हजार मिटरमा पर्छ । बीसौं शताब्दीको उत्तरार्धभन्दा पहिले हिउ“का ठोस् ढिक्काले पुरिएका उपत्यका अहिले जलासयमा परिण्ँत भएका छन् । समग्रमा, हिमालय पग्लने क्रमशः भएको छ । यो पृथ्वीको भू–सतहको तापमान अप्रत्यासित रुपमा बढ्नुको परिण्ाँम हो । यो यथार्थप्रति सबै राष्ट्र एकमत छन्, तर समाधानका उपाय अवलम्बन गर्ने कुरामा ठूलो मतभेद छ । हिमाल पग्लदै छ, यसलाई बचाऔं, जोगाऔं भन्ने आवाजमा भारतले समेत दह्रो समर्थन गरेको छैन ।
नेपालले समेत समुद्र सतहदेखि पा“च हजार पा“च सय ४२ मिटर उच्च कालापथ्थरबाट सगरमाथा घोÈण्ाँपत्र शङ्खनाद गर्दै एक सय ७३ मिटर उचाइको कोपनहेगनमा हिमाल बचाऔं भन्ने आवाज बुलन्द ग¥यो. तर, ठूला औद्योगिक राष्ट्र र औद्योगिक विकासमा चुलि“दै गरेका राष्ट्रहरुको गोरु जुधाइमा साना र अल्पविकसित राष्ट्रको बाच्छो मिचाई भयो कोपनहेगनमा ।
तापक्रम बृद्धिले तीब्र गतिमा हिउ“ पग्लने र हिमतालको आकार बढ्दै जा“दा फुट्ने खतरा बढ्दै गएको छ । फलस्वरूप खतरायुक्त हिमताल फुटेर आउने बाढीको जोखिम बढीरहेको छ भने बढी परिमाणमा पानी पर्ने दिनहरूको सङ्ख्यामा बृद्धि ह“ुदै गइरहेको छ । यसका अतिरिक्त निरन्तर रूपमा खोलामा हुने पानीको बहाव र भूमिगत जलस्रोत दुबैमा कमी आउन थालेको छ । तापक्रमको बृद्धिले गर्दा शुरूमा हिउ“ पग्लिएर नदीमा पानीको बहावमा बृद्धि भएता पनि केही बर्षपछि पानीको स्रोतको रूपमा रहेको हिउ“को परिमाण कम हुन गई सोमा कमी आउनेछ र जलविद्युत र सिंचाइ क्षेत्र अझै प्रतिकूल रूपमा प्रभावित हुनेछन् । नेपालमा दुई हजार तीन सय २३ वटा हिमताल रहेका छन जसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउ“ हराउ“दै गएको छ । त्यस्तै खतरापूर्ण हिमतालहरूको विकास ह“ुदै गएको छ । साथै नया“ हिमताल निर्माण हुने तथा भइरहेका हिमतालहरूको क्षेत्रफल तथा पानीको आयतन बढ्दै गएको देख्न सकिन्छ ।
विश्व्यापी रुपमा हरेक वर्È औसत ०.०६ डिग्री सेन्टिगेडका दरले तापक्रममा वृद्धि भएको र नेपालका हिमाली Ôेत्रहरुमा त्यसको दोब्बरभन्दा बढीले वृद्धि हुने गरेको मौसमविद्हरुले गरेको अनुसन्धानमा उल्लेख छ ।
मौसमविद्हरुले गरेको अनुसन्धानलाई आधार मान्दा अबको केही वर्Èभित्रै नेपाललाई विश्वसामु चिनाएका हिमालहरु चट्टानका पहाड हुनेछन् ती हिमालका वरिपरि रहेका हिमतालहरु फुट्नेछन् र हिमालका फेदीमा रहेका बस्तीलाई बढारेर लैजानेछ ।
सगरमाथाको शिखरमा सबैभन्दा बढी उन्नाइसौं पटक पुगेका आप्पा शेर्पाले सगरमाथाको चुचुरामुन्तिरको साउथकोल भन्ने स्थानमा हिउ“स“गै पानी देखेको बताएका छन् । त्यस्तै सन् १९६० सम्म अस्तित्वमै नरहेको सगरमाथा Ôेत्रको इम्जा हिमताल पछिल्लो समय सवा दुई किलोमिटर लामो नौ सय मिटर चौडा र ९२ मिटर गहिरो भएको बताइएको छ । त्यस्तै रोल्वालिङ उपत्यकामा बनेको च्छो रोल्पा हिमतालको पनि ४० वर्Èभन्दा पुरानो इतिहास छैन । भेडा चराउने चौरमा अहिले ७१ लाख घनमिटर पानी भएको च्छो रोल्पा हिमताल अवस्थित छ ।
विश्वव्यापी महामारीको रुप लिइरहेको जलवायु परिवर्तनको झट्का अहिले धौलागिरीका जिल्लाहरुमा पनि निकै चर्को रुपमा देखा पर्न थालेको छ । जलवायु परिवर्तनकै कारण्ँ हिमालका काखमा रहेका धौलागिरीका चारै जिल्लाका सदरमुकाम र आसपासका Ôेत्रहरु खतराको सूचीमा रहेको अनुमान धेरै मौसमविद्हरुले गर्न थालेका छन् ।
अहिले विश्वव्यापी मौसम परिवर्तनको असर हिमाली Ôेत्रमा वार्Èिक ०.१२ डिग्री सेन्टिग्रेडका दरले बढेको तापक्रमका कारण्ँ धौलागिरी Ôेत्रमा रहेका अन्नपूण्ँर्, धौलागिरी, नीलगिरी, गुर्जा आदि हिमालको हिउ“ दिनानुदिन पग्लिंदै गएका कारण्ँ ति हिमालहरु चट्टानका पहाडमा परिण्ँत ह“ुदैछन् भने तिनै हिमालको आसपासमा रहेका दर्जनभन्दा बढी हिमतालहरु फुट्ने आशङ्का गरिएको छ ।
यहांका हिमतालहरु फुटेमा म्याग्दी र कालीको सतहदेखि करिब ७ देखि १० मिटरको उचाईमा रहेको बेनी बजारमात्र नभएर मुस्ताङको जोमसोमका साथै बाग्लुङ र पर्वतको सदरमुकाम कुश्मा बजारको समेत सबै बस्ती बढारिनसक्ने दाबी गर्छन् बीस वर्Èदेखि यहा“का हिमाली Ôेत्रको अध्ययनमा लागेका गौरी थापा । मौसमविद्का अनुसार मौसम परिवर्तन रोक्ने कुनै कदम नचाल्ने हो भने अबको १५ वर्Èसम्ममा नेपालका हिमालहरु चट्टा नै चट्टानका पहाडका रुपमा देखापर्ने छन् ।
‘धौलागिरी अञ्चलमा रहेका दर्जनौं सानाठूला हिमाल र तिनका आसपासमा रहेका हिमताल फुटेर त्यहा“को पानी एकैसाथ खस्ने हो भने धौलागिरीका चारै जिल्लाका सदरमुकामहरु बग्ने जोखिममा छन् । विश्वव्यापी रुपमा बढेको तापक्रमका कारण्ँ धौलागिरीको बस्तीमात्रै नभएर कृÈि उपज वन पैदावार मानवीय रहन सहन वातावरण्ँ जलचर थलचर सबैमा नकारात्मक असर पार्न थालेको सम्बन्धित Ôेत्रका विज्ञहरुले बताएका छन् ।
यस्तो अवस्था र अध्ययनकावीच केही नेपाली वैज्ञानिकको भने फरक मत छ । नेपालको जल तथा मौसम विज्ञान विभागका बैज्ञानिकहµले जलवायु परिवर्तनमा अन्तर सरकारी बैज्ञानिकहरुको समूह (आइपीसीसी) को प्रतिवेदन अस्वीकार गरेको अवस्था छ । उनीहरुले नेपालको हिमाल सन् २०३० मा काला पत्थरमा परिण्ँत हुने आइपीसीसीको दावी अस्वीकार गरेका छन् ।
यद्यपि, उनीहरुले सन २०९०भित्र नेपालको हिमाल हिउ“विहीन हुने बताएका छन् । आइपीसीसीले सन् २००९ मा नेपालको हिमाल सन् २०३० मा कालापथ्थर हुने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागका बैज्ञानिकहरुले पछिल्लो ६० वर्Èको नेपालको तापक्रम अध्ययन गर्दै तापक्रम शून्य ४ डिग्री सेल्सियस रहेको निष्कर्È निकालेको छ ।
विभागका उपमहानिर्देशक सर्जुकुमार बैद्यका अनुसार नेपालको औसत तापक्रम वृद्धिदर शून्य दशमलब शून्य ४ डिग्री सेल्सियस रहेको छ । ‘नेपालको न्यूनतम तापक्रम वृद्धिदर शुन्य दशमलब शून्य २ र अधिकतम् तापक्रम वृद्धिदर शून्य दशमलब शून्य ६ डिग्री सेल्सियस रहेको छ’, उनले भने, ‘न्यूनतम र अधिकतम वृद्धिदरलाई आधार मान्ने हो भने अहिले नेपालका तापक्रम वृद्धिदर शून्य दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।’ उनका अनुसार यही क्रममा नेपालको तापक्रम वृद्धि हु“दै जाने हो भने ७६ वर्Èपछि नेपालको तापक्रम वृद्धिदर ४ दशमलब ७ डिग्री हुने छ ।
नेपालको जलवायु परिर्वतन प्रÔेपण्ँ अनुसार नेपालको तापमान सन् २०३० मा १ दशमलब ४, सन् २०६० मा २ दशमलब ८ र सन् २०९० मा ४ दशमलब ७ डिग्री सेल्सियसका दरले बृद्धि हुनेछ ।
वायुमा रहेका कार्बनडाइअक्साइड र अन्य हरितगृह प्रभाव छोड्ने ग्यासका कारण्ँ पृथ्वीको सतहको वायुमण्डलको तापमान पहिलेको भन्दा ०.८ डिग्री सेल्सियसले बढेको छ । यस गतिलाई घटाएर प्रति १० लाखमा तीन सय ५० खण्ड मात्र हरितगृह ग्यास सीमित राख्नुपर्ने कुरामा अमेरिकाको नासाका वैज्ञानिकलगायत अरु राष्ट्रका विज्ञहरु एकमत छन् । यसो गर्न सकियो भने मात्र सन् २०५० सम्ममा पृथ्वीको सतहको औसत तापमान वृद्धि दुई डिग्री सेल्सियसभन्दा कम हुनसक्छ ।
नेपालले हिमाल, यस Ôेत्रको संरÔण्ँ र दिगो विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुबाट आवाज उठाउ“दै आएको छ तर यसलाई थप सशक्त बनाउन यस्ता पÔमा प्रशस्त अध्ययन र अनुसन्धान र समान राष्ट्रिय दृष्टिकोण्ँ बनाउनु आवशयक छ ।
हिमाली Ôेत्रका राष्ट्रहरुमा वातावरण्ँीय र पर्यावरण्ँीय विनाश, उच्च गरिबी र प्राकृतिक तथा मानवजन्य विपद्का उत्पत्ति तथा फैलावटलाई कम गर्दै, अधिकतम नियन्त्रण्ँ गर्न एकआपसमा हातेमालोको आवश्यकता छ ।
हाम्रा नदीनाला र पानीको स्रोत हिमाल भएकाले यसको संरÔण्ँ र विनाशबाट नेपाललाई प्रत्यÔ प्रभाव पर्ने मात्र होइन नेपालले विश्वका झण्डै १२ प्रतिशत मानिसको जीविकोपार्जन हिमाली Ôेत्रमा निर्भर रहेको भन्दै यसको संरÔण्ँमा विश्वको ध्यान खिच्नुपर्दछ । नेपालले यसलाई विश्वको साझा सवाल बनाउनुपर्दछ, जहा“का आधाभन्दा बढी मानिसको खानेपानीको आधार भनेकै हिमाल हो । त्यसैले हिमालको संरÔण्ँमा नेपालको एक्लो प्रयास पर्याप्त ह“ुदैन र सम्भव पनि छैन । नेपाल र अन्य हिमाली मुलुकहरुले हिमालको संरÔण्ँका लागि आवश्यक पर्ने विकासका सबै दृष्टिकोण्ँ र पूर्वाधारमा विकसित मुलुकहरुलाई ऐक्यवद्ध गराउन सक्नुलाई अहिलेको सफलता मान्नु पर्दछ ।
जलवायु परिवर्तनबाट नेपालको सामाजिक एवम् आर्थिक Ôेत्र, खासगरी जलस्रोत, कृÈि, जैविकविविधता, वन, मानवजीवन र मानव स्वास्थ्यमा पर्न जाने प्रभावलाई सम्बोधन गर्नुपर्ने भएकाले सम्पूणर््ँ नेपालको राष्ट्रिय विकास योजनासंग यसको समन्वय आवश्यक पर्न आउ“छ ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण्ँ गरी ब्रहमाण्डलाई प्राण्ँी बसोबासलायक स्थल बनाउन अल्पविकसितदेखि अतिविकसित राष्ट्रहरुको साझा प्रयास आवश्यक भएको छ । अन्यथा भविष्य सुरक्षित छैन ।
सन्तुलित विकासका लागि जलवायु परिवर्तनको असर न्यूनीकरण्ँ गर्ने दिशामा अहिले नै विश्वव्यापी प्रयास गरिएन भने विकसित मुलुक पनि समस्या मुक्त हुन नसक्ने भएकाले हिमालको सुरÔामा के विकसित के अविकसित सबै मुलुकको साझा प्रतिवद्धता र कार्ययोजना आवश्यक परेको छ । खासगरी कम विकसित मुलुकहरुले उठाउ“दै आएको सवाल के हो भने ब्रम्हाण्डीय उष्ण्ँताका लागि विकसित मुलुकहरुले विकास र उपयोग गरेका प्रविधि र सामग्री बढी जिम्मेवार भएकाले यस्तो उष्ण्ँतालगायतबाट हिमाल र जलवायु परिवर्तनमा पर्ने प्रभावलाई रोक्न कम विकसित राष्ट्रभन्दा विकसित राष्ट्रहरु बढी जिम्मेवार र अग्रसर हुनुपर्दछ । यो उनीहरुको दायित्व र जिम्मेवारी दुवै हो । जिम्मेवारी विकसित मुलुकको भनेर हामी हाम्रो असुरक्षित भविष्यप्रति चुप बस्न मिल्दैन । तसर्थ हरेकले आफूबाटै र आफ्नो तहबाट हिमाल बचाउने र वातावरण जोगाउने अभियानमा आजैबाट लागौं ।