अंशबण्डाको बिषयमा विवाद हुदाँ दाईको हत्या

२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

ओखलढुंगा ।

ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ ।

हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरका छोरा ३६ बर्षीय बीरबहादुर तामाङ रहेका छन् । आज दिउँसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ ।

उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटि गएको छ ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट ६० किमि पश्चिम उत्तर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here