एमसीसी सम्झौताको बिरोधमा देशभर प्रर्दशन

0
619

इलाम ।

एमसीसी सम्झौताको विरोधमा आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत इलामको सदरमुकाममा नेपाल कम्युनिस्ट पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनपछि सम्पन्न कोण सभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरुले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र र जनता प्रति ठुलोगद्धारी गरेको बताए । उनले संसदवादीहरुलाइ सीआइएको एजेण्टको काम गर्ने विदेशीको चौकिदार भन्दै जनतालाइ झुक्याउन छाडेर अमेरिकी सेनाको पोसाक लगाएर आफ्नो असली चरित्र देखाउन चेतावनी दिए ।

एमसीसी परियोजना विकासको नाममा नेपालमा अमेरिकी सत्ता चलाउन र नेपाललाई युद्धको कारखाना बनाउन खोजिएको र ठूलो राष्ट्रघात हुँदा बिप्लवले हेरेर मात्र बस्न नसक्ने बताए । देशको मुद्धामा आंफुहरु बलिदान गर्न तयार रहेको बताँउदै आवश्यकता पर्यो भने आफूहरु राष्ट्रयमक्ति युद्धको नेतृत्व लिन तयार भएको कोण सभालाइ सम्बोधन गर्दै बताए । उनले इलामका देशभक्तहरुलाइ यो आन्दोलनमा सहभागी हुन र साथ दिन अपिल पनि गरेका छन्।

टुंडिखेलबाट सुरु भएको र्याली मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भूमी ढुङ्गानाले लगायतले बोल्दै संसदवादीहरुले देश डुबाउने षड्यन्त्र गरिरहेको हुनाले अब चुप लागेर बस्न नसकिने बताए । उनले इलाममा रहेका देशभक्त , क्रान्तीकारी समुदायलार्इ साथमा लिएर संघर्ष चर्काउने बताए । कोणसभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका इलामका सचिव जीतमान राई मौसमले गरेका थिए ।

यता झापाको बुद्धशान्तिका युवाहरुको आयोजनामा अमेरिकी सहयोग एमसीसी सम्झौताको बिरोध सहितको ¥याली सम्पन्न भएको छ । बुधबारेका सक्रिय युवाहरुको आयोजनामा बुधबारे बजार परिक्रमा गरी बालुवाटार चोकमा कोणसभामा परिणत भएको थियो । सरकारले संसदबाट एमसीसी सम्झौता पास गर्ने षड्यन्त्र गर्न लागेकोले विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

देश बेच्न पाईदैन एमसीसी चाईदैन, राष्ट्रघाति सम्झौता खारेज गर, दलालहरु होसीयार, नो एमसीसी जस्ता लेखेका प्ले कार्ड बोकेका थिए। कोणसभालाई सम्बोधन गर्दै बोल्ने वक्ताहरुले अमेरिकी सहयोग एमसीसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here