विमल दहाल, माइ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेले माधव नेपाल र झलनाथ खनालप्रति जनताको वितृष्णाको उपज पार्टी बिभाजन भएको बताउनुभएको छ।
नेकपा एमाले माई नगर कमिटीद्वारा आयोजित वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले झलनाथ र माधबलाई एमाले कार्यकर्ता लगायत आम नेपालीले पत्याउन छोडेकोले पार्टीलाई टुक्र्याएको दाबी गर्नुभयो ।
१६ बर्ष कम्युनिस्ट पार्टीको प्रमुख भएर कम्युनिस्ट फुटाई कमजोर बनाउने माधब नेपालको ईच्छालाई जनताले पुरा हुन नदिने बताउनुभएको छ। केन्द्रीय सदस्य घिमिरेले देउवा सरकारले जनघाति कार्य गर्दै रहेकोमा त्यसको गोटी नेपाल र खनाल भएकोमा आक्रोश पोख्नु भएको छ । ७२ प्रतिशत नागरिक अब्यवस्थित र भूमिहिन रहेको माई नगरपालिकाका जनता लगायत देशभरका सुकुम्बासीले देउवा, माधब र झलनाथको कर्तुत थाहा पाई सकेको बताउनु भएको छ ।
पाँच सयभन्दा बढी अगुवा कार्यकर्ता भेला रहेको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले माई नगरपालिका २०२८ साल देखिनै कम्युनिस्टहरुले सेल्टर लिई इलाम, झापा र मोरङ लगायतका स्थानमा पार्टी काम गरेको भन्दै कम्युनिस्टको रगत र पसिना जोडिएको क्षेत्रको बिकास, समृद्धि र स्थायित्वका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
एमाले माई नगर कमिटिका संयोजक मुखराज आङ्देम्बेको अध्यक्षता, सह संयोजक मेघनाथ गिरीको स्वागत तथा सचिब हेम बहादुर लायोको सन्चालन रहेको अगुवा कार्यकर्ता भेलालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य ध्रुब श्रेष्ठ,जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनाल, जिल्ला कमिटी सदस्य तथा माईका उपमेयर बिष्णु माया आचार्य, माई नगर सचिवालय सदस्य तथा माईका मेयर दिपककुमार थेवे लगायतले मन्तव्य राख्नुभएको थियो।
यसैबीच बृहत कार्यकता भेलामा बिभिन्न पार्टी परित्याग गरि एक दर्जन भन्दा बढी ब्याक्ति एमालेमा प्रबेश गरेका थिए। नब प्रवेशीलाई प्रमुख अतिथि प्रदेश अध्यक्ष घिमिरेले टीका र खदा लगाएर स्वागत गर्नुभएको थियो।

























