चारआली सेवा केन्द्रको साधारण सभा सम्पन्न

८ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

दुहागढी ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) चारआली सेवा केन्द्रको २९ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको सहकारीको चारआली इकाइले आफ्नै भवनमा साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा संचालक समितिका सदस्य एवम् मेची क्षेत्रीय उप समितिका संयोजक माधव प्याकुरेलले संचालक समितिका अध्यक्षको तर्फबाट तयार गरिएको संस्थाको वार्षिक प्रतिवेदन प्रस्ततु गरेका थिए ।

सभामा संस्थाका सबै कार्यक्रम तथा गतिविधिहरु असल संस्कार र समृद्धीका लागि एनएमसी भन्ने मुल नारामा केन्द्रित रहेको जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका मेची क्षेत्रीय प्रमुख रविन्द्र पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारले गरेकी थिइन । सभामा विशिष्ट अतिथि बाल सुबोधिनी मा.वि.का प्रधानाध्यापक विश्व थापा, संस्थाका वित्तिय साक्षरता उप समितिका संयोजक गोपाल प्याकुरेल, प्रमुख अतिथि परियार लगायतले मन्तव्य राखेका थिए ।

चारआली सेवाकेन्द्रका संयोजक प्रकाश बास्तोलाको सभापतित्व तथा कार्यालय प्रमुख संगिता तामाङ्गको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत इकाइ समितिका संयोजक नवराज भट्टराईले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here