बिर्तामोड ।

वीरता लेडी जेसीजले ‘जेसी अफ द मन्थ अवार्ड’ वितरण गरेको छ ।
अगस्टमहिनाको ‘जेसी अफ द मन्थ अवार्ड’ सुमित्रा भट्टराई र सेप्टेम्बर महिनाकको ‘जेसी अफ द मन्थ अवार्ड’ संगीता गिरीलाई प्रदान गरिएको छ । लेडी जेसीजकी सह–सचिव समेत रहेकी भट्टराई र कार्यकारिणी उपाध्यक्ष गिरीलाई ‘जेसी अफ द मन्थ अवार्ड’ प्रदान गरिएको हो ।

बोर्डका सबैलाई सक्रिय बनाउँदै उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्न वीरता लेडी जेसीजले सन् २०२१ बाट ‘जेसी अफ द मन्थ’ को अवार्ड वितरण सुरु गरेको छ ।
नयाँ सोच र कार्ययोजना बमोजिम महिनाभरीको सक्रियता र रचनात्मक कायेशैलीको मूल्याङ्कन गरी ‘जेसी अफ द मन्थ अवार्ड’ प्रदान गरिएको बताइएको छ ।

वीरता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्यले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जना उत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्दै आएको बताइन् ।
कार्यक्रममा निर्वमान अध्यक्ष सुस्मा पौडेल र मानार्थ सदस्य कविता थापा लगायत कार्यसमितिका सबैको सहभागिता रहेको जनाइएको छ । यसैबीच वीरता लेडी जेसीजले आगामी कात्तिक ६ गतेदेखि १२ गतेसम्म जेसीज सप्ताह मनाउने निर्णय समेत गरेको बताइएको छ ।






























