दशैं : नेपाली एकताको पर्व : एक अर्काको पर्वलाई अपनत्व ग्रहण गरी रमाए मात्र हाम्रो सँस्कृति बलियो हुनेछ

२९ आश्विन २०७८, शुक्रबार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनार्दन कट्टेल

चन्द्रमासमा आधारित वर्ष गणना विधिअनुसार हरेक वर्ष असोज शुक्ल प्रतिपदाको दिन घटस्थापना गरेर विधिवत जमरा राखे पछि दशैं पर्व शुरू भएको मानिन्छ । यसका विशेष दिनहरुमा आश्विन शुक्ल सप्तमीलाई फुलपाती, अष्टमीलाई महाअष्टमी, नवमीलाई महानवमी र दशमीलाई विजया दशमीको रुपमा मनाउने चलन छ । विशेष गरेर विजयादशमी र तत् पश्चात पुर्णिमासम्म मान्यजनहरुबाट दशैंको टीका र जमरा लगाई आशिर्वाद थाप्ने छ । केही दशक अघिसम्म यसलाई आम नेपालीको पर्वको रुपमा मनाइदै थियो भने अहिले यसलाई हिन्दूहरुको मात्र हो भनी संकुचित रुपमा ब्याख्या गर्ने क्रम बढेको छ ।
के यो हिन्द्हरु मात्रको पर्व हो त रु यसतर्फ बिचार गर्दा नेपालमा २०६८ को हिन्दू धर्म मान्ने जनसङ्ख्या ८१ प्रतिशत छन् । बाँकी १९ प्रतिशत जनसंख्या बौद्ध, इस्लाम, ईसाई तथा किराँत लगायत अन्य धेरै किसिमका धर्म मान्नेहरु छन् । हिन्दूहरुको करीब आधा जनसंख्या तराईमा बस्छ । तथापि तराईको हिन्दू सम्प्रदायले मनाउने दशैं र पहाडी समुदायमा मनाउने दशैंको तौर तरिकामा आकाश जमिनको फरक छ । त्यसैले पनि यो हिन्दूहरुको पर्व हो भन्नु त्यति उपयुक्त नहोला की रु अर्को तिर पहाडी समुदाय, जो आफूलाई हिन्दू नभई किराँत वा यस्तै अन्य प्राकृतिक धर्म मान्ने बताउदै आएको छ, उनीहरुको दशैं मान्ने आफ्नै परम्परा र मौलिकता छ । हिन्दू वा बौद्ध धर्म मान्ने नेवार समुदायले दशैंका हरेक दिन विभिन्न शक्ति पीठहरुमा पुजा अर्चना गरेको देखिन्छ । नेवारी सम्र्धदाय धार्मिक सहिष्णुता र अन्तरसम्बन्धको फराकिलो फाँट हो । पशुपतिमा बुद्ध मुकुट पहिर्‌याउने चलन पनि नेवारी सम्प्रदायको उपज हो ।
यसरी हेर्दा दशैं पर्व विशेष रुपमा नेपालको पहाडको समुदायमा धुमधामसँग मनाइने तथा फरक फरक समुदायमा आफ्नै मौलिक विधिअनुसार मनाइने गरेको देखिन्छ । त्यसो त भारत वर्षमा पनि विभिन्न हिन्दू समुदायहरुमा नवरात्र, दशहरा आदि नामले मनाउने गरिन्छ । समुदाय अनुसारका मौलिक परम्परा तथा विधिले गर्दा यी सबैलाई दशैको रुपमा नै बुझ्ने कि नबुझ्ने भन्ने प्रश्न बिचारणीय छ ।
अर्को एउटा विषय आज झन गम्भीर भएर हामी माझ खडा भएको छ । त्यो के भने किराँत तथा पहाडी जनजातिहरुको धारणामा क्रमशः थपिदै गरेको दशैं प्रतिको नकारात्मकता । कतै कतै सेतो टीका लगाउने समुदायका मानिसहरुले रातो रङ्ग चै आफ्नै पुर्खाको रगत भएको ब्याख्या गर्ने गरेको देखियो, सुनियो । दशैंको रातो टीका र जमरालाई ब्राह्मणबाद अझ भनौं पुरेतबादसँग जोडेर आफू हिन्दू धर्म वर्णित राक्षस सम्प्रदायको भएको र आफूलाई मारेर त्यसको विजयोत्सबको रुपमा बाहुनहरुले दशैं मनाएको भनी ब्याख्या गरेको समेत पाइयो । तर यी भनाइमा के कति सत्यता छ र त्यसको वास्तविकता के हो भन्ने खोजी गर्ने प्रयास भएको भने साह्रै थोरै मात्र देखियो ।
हुन त यसमा मेरो अध्ययन पनि सीमित हुन सक्छ । मैले जनजातीहरुको मौलिक साहित्य ९क्ष्लमष्नभलयगक ीष्तभचबतगचभ० त्यति धेरै अध्ययन गरेको छैन । तथापि दशैंमा पढिने दुर्गा माताको प्रार्थना समेटिएको दुर्गा सप्तसति चण्डीको केहि प्रसंगहरुको विश्लेषण गरी माथिको अनुच्छेदमा भनिएको कुरामा त्यति धेरै सत्यता नरहेको जिकीर गर्न चाहन्छु ।
मार्कण्डेय पुराण अन्तरगत देवी भागवतको सावर्णिक मन्वन्तरको देवी तथा दानबहरुको लडाँइको प्रसङ्ग तथा त्यस युद्धका रोमाञ्चक प्रसङ्गहरुको वर्णन दुर्गा सप्तसतिमा गरिएको छ । कथामा एक जना समाधी नामक ब्यापारी ९वैश्य० तथा सुरथ नाम गरेका राजा सबै कुरा हारेर, गुमाएर कसरी मेधा ऋषिका शरणमा पुग्छन् र कसरी आफ्नो मनकामना पूरा गर्न सफल हुन्छन भन्ने प्रसङ्ग मार्कण्डेय ऋषिले वर्णन गरेका छन् । अनि मेधा ऋषिले श्री दुर्गाको प्रार्थना गरेर सम्पूर्ण देव समुदायलाई बिजय गरी सत्ताच्यूत गर्न सक्ने बलशाली दानबहरुलाई देवी एक्लैले के कसरी विजय प्राप्त गर्छिन् भन्ने कथा सुनाएर त्यस्ती शक्तिशाली देवीको आराधना गरेर मनोकामना पूरा हुने तथा विजय प्राप्त हुने बताउछन् । कथामा देवीका विभिन्न स्वरुप जस्तै कौमारी, ब्राह्मी, सरस्वती, माहेश्वरी, महाकाली, शिवा आदिलाई सत्य तथा दानवहरु जस्तैः धुम्रलोचन, महिषाशुर, चण्ड, मुण्ड, रक्तविज, कालेय, कालकेय, शुम्भ, निशुम्भ, लगायतका पात्रहरुलाई असत्यको प्रतिक पात्रको रुपमा व्याख्या गरिएको छ । मातृ शक्तिद्वारा दानव प्रवृत्तिमाथि भएको यही विजयलाई नै विजया दशमीको रुपमा मनाउन थालिएको भनिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म उनै दुर्गाको नौ वटा विभिन्न रुपको पूजा आराधना गरेर नवरात्री मनाउने गरिन्छ । यस ग्रन्थमा दुर्गा देवी तथा मातृशक्तिको पवित्रता तथा शक्तिको चर्चा तथा प्रशंशा र आराधना गरिएको छ । यसको उत्कृष्ट एक श्लोक भन्नु पर्दा निम्न श्लोकलाई छनौट गर्नु उपयुक्त हुन्छ ।
ुकपुत्रो जायेत क्वचिदपि कुमाता नभवतुु । अर्थात पुत्र खराब हुन सक्ला तर आमा कुनै पनि हालतमा खराब हुदिनन् । सप्तसतिमा देबी दुर्गाको शरणमा पर्ने सबैको उद्दार गर्ने क्षमता भएकी देवीको रुपमा उनको प्रार्थना गरिएको छ । शरणागत दीनार्त परित्राण परायणे सर्वस्यार्ती हरे देवी नारायणी नमोस्तुते ।
माता दुर्गाको उपाशना पश्चात विजया दशमीको दिन आशिर्वाद दिंदा धार्मिक साहित्यमा भएका उत्कृष्ट पात्रहरुको झैं उत्कृष्टता प्राप्त गर्न सफल हुनु भन्ने आशिर्वाद दिने चलन छ । उदाहरणको निमित्त द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस, दशरथ राजाको जस्तो श्री होस, नहुष राजको जस्तो शत्रुको नाश होस, पवन वा हावाको जस्तो गति वेग र गति होस आदि । यो बाहेक कुनै उपमा नदिइकन वा पात्रसँग तुलना नगरी कुशल रहनु, चिरायु हुनु, गाई तथा धनधान्यको वृद्धि होस, शत्रुनाश होस जस्ता आशिर्वादहरु पनि दिने गरिन्छ । पहाडी सम्प्रदायमा माइती पक्षका तल्लो पींढीले समेत चेली तर्फका माथिल्लो पींढीलाई टीका जमारा लगाई आशिर्वाद दिने प्रचलन देखिन्छ ।
यो मौलिक अनि अलौकिक ग्रन्थ हो । अलौकिक भएकोले गर्दा यहाँका सबै पात्रहरु काल्पनिक त हुने नै भए । तिनीहरुलाई साङ्केतिक रुपमा मात्र बुझ्न् उपयुक्त हुन्छ । होइन, यो भएकै घटना हो र देउता पक्षका फलाना अनि दानव पक्षका ढिस्काना भनी कुनै पण्डितले ब्याख्या गर्छ भने उसले आफ्नै ग्रन्थको अपव्याख्या गरी आफ्नै पण्डित्याईंको खिल्ली उडाएको ठहर्छ । यस्तो प्रवित्तिले गर्दा हाम्रो संस्कृतिले विक्रितिको रुप लिन्छ र समुदायहरु बिचमा स्पष्ट विभाजनको रेखा कोरिन्छ । स्वभाविक छ ( साँस्कृतिक रुपमा हामी कमजोर भयौं भने अर्को कुनै बलियो वा बहुसङ्ख्यकको सँस्कृतिले हाम्रो मौलिकतालाई खाई दिन्छ । अनि कुनै समुदाय विशेषले हामी देवता पक्षका हौं भन्नु भनेको विशुद्ध पुरोहितबाद र पाखण्डताको अहंकार मात्र हो भने कुनै समुदायले हामी दानब पक्षका हौं, हाम्रा पुर्खालाई मारेर त्यही रगतमा कसैले होली खेलेको सम्झनु झन् हीन ग्रन्थीद्वारा आफ्नै समुदायको आँफैले अपमान गर्नु मात्र हो ।
वास्तवमा भन्ने हो भने हामी मानव जातिमा कोही पनि दानव जातिको छैन । हामी सबै देवताकै अंश हौं । मान्छे भित्र कुनै दानव प्रवित्तिको प्रवेश भयो भने चाहि जो कोही दैत्य वा दानव बन्न सक्छ । उदाहरणको लागि तपाईं चोरी डकैती गर्दै हिड्नु हुन्छ, अरुलाई दुःख दिनु हुन्छ, महिला हिंसा, व्याभिचार गर्नु हुन्छ भने तपाईंमा दानव प्रवित्ति छ । यसलाई तपाईं भित्रै सुधार गरेर देवत्व भर्नु नै दानव माथिको विजय हो । यो कुरा हिन्दू मात्र नभएर बौद्ध, ईसाई, इस्लाम लगायत धर्म ग्रन्थका विभिन्न प्रसङ्गमा साङ्केतिक रुपमा धेरै ठाँउमा उल्लेख गरिएको पाइन्छ ।
अर्को प्रसङ्गमा त्रेता युगका विष्णु भगवनाका आठौं अवतार रामले रावण माथिको विजयलाई लिएर हिन्दूहरुले विजया दशमी वा दशैं मनाउन थालिएको भन्ने कुरा पनि कतै कतै सुनिन्छ । अनि यो दशैं चै चैत्र शुक्ल नवमी तथा दशमीमा मनाउने गरिएको भनिएको छ । आज पर्यन्त चैते दशैंको रुपमा यो पर्व मनाइदै आइएको छ । विशेष गरी राम नवमीको विशेष महत्व छ । कसैले त भन्छन् यही दशैंलाई उपयुक्त मौसम र आम मानिसको फुर्सत समेत विचार गरी आश्विन शुक्ल पक्षमा सारिएको हो । तर यसलाई पुष्टि गर्ने धार्मित साहित्यहरु छैनन् । यही किंबदन्तिलाई लिएर पनि समुदायहरुमा कित्ता काट गर्ने प्रवित्ति नदेखिएको होइन । तर हामी मध्ये न कसैलाई राम वा रावणको पक्षको हुन जरुरी छैन ।
त्यसो त रामायणका लेखकै पिच्छेका अलग अलग विश्लेषण र घटनावलीहरु हेर्दा यो विशुद्ध साहित्यिक रचना हो भन्ने स्पष्ट छ । अर्को कुरा रावण दानव हो भन्ने विषय विवादित छ । उ शिव भगवानको अनन्य भक्त थियो । धनको देवता कुवेरको दाजुभाइ थियो तथा लंकाको जनप्रिय राजा थियो । समृद्ध लंका निर्माणमा उसको अहम् भुमिका थियो । यता राम अयोध्याका राजा थिए । उनी सत्ताको पारिवारिक दाउपेचबाट देश निकाला भएका थिए भने उनका भाइ लक्ष्मणले गरेको रावणको बहिनी सुर्पणकाकै बेइज्यतिको बदला स्वरुप रावणले रामकी पत्नी सीतालाई अपहरण गरेको थियो । अपहरण गरे पनि सीताको इच्छा विपरित रावणले जवरजस्ती उनीमाथि व्याभिचार गरेको थिएन । यसर्थ पनि रावण राक्षस वा दैत्य हो भन्ने ठाँउ छैन । फेरि राम आफू पुरूषोत्तम भएको बहानामा सीताको बिना कारण अग्नि परीक्षा लिदै थिए भने अग्नी परीक्षा उत्तीर्ण सीतालाई एउटा मामुली चराको कुरा सुनेर त्याग्दै थिए । त्यसैले आधुनिक समाजमा राम आँफै विवादित छन् । उनले मर्यादा पुरूषोचित व्यवहार गरे वा नगरेको भनी ।
यी त भए राम रावणका कुरा । तथापि मैले आश्विन शुक्ल मासमा मानिने दशैंको सम्बन्धमा राम रावणसम्बन्धी साहित्य पढेको छैन । मेरो बिचारमा दशैंको पृष्ठभूमि दुर्गा माता तथा दावनहरुकै प्रसंग अर्थात देवी भागवतको सावर्णिक मन्वन्तरको कथा नै हो ।
आजको युग विश्वव्यापीकरणको युग हो । सूचनाको युग हो । विश्वव्यपीकरणले साँस्कृतिक हस्तान्तरण र विनिमयको माग गर्दछ । हिजो कसले के गर्यो कुन समुदायको मौलिक साहित्यबाट कुन पर्व मनाउन थालियो भन्दा पनि आजको सामुदायिक र साँस्कृतिक प्रवित्ति कता तिर जाँदैछ त्यो, महत्वपूर्ण हुन्छ । मानिसहरु कस्ता सँस्कृतिमा रमाउँदैछन् भन्ने विचार गर्नु पर्छ । विश्वव्यापी रुपमा फैलिएका ठूला समुदायका सँस्कृतिले हाम्रो जस्तो सानो समुदायको सँस्कृति हराउला कि भन्ने एका तिर छ भने हाम्रो जस्तो सानो भूगोल र समुदायमा रहेको संस्कृतिलाई विश्ववयापी बनाउने अवसर हामीलाई त्यही विश्ववयापीकरण र प्रविधिले दिएको छ । फलस्वरुप हिन्दुहरु हालोविन र कृसमसमा समेत रमाउन लाग्दा युरोपियन इसाइहरु कृष्ण भजन र हिन्दु मौलिक संस्कृतिमा रमाउन थालेका छन् । यहाँ आउने विदेशी पर्यटकहरुकले यहाँको विवाह परम्परा अनुरुप विवाह गरेको समेत यदा कदा देखिएको छ । यस्ता घटनाहरुलाई नकारात्मक रुपमा किमार्थ हेर्न हुदैन । यसले त विश्वलाई एक बनाउँछ । विश्ववन्धुत्त्वको अभिवृद्धि गर्छ । नेपाल भित्र बसोबास गर्ने हामीले नै एक अर्काको चाड पर्वलाई अपनत्व ग्रहण गरी रमाए मात्र हाम्रो सँस्कृति बलियो हुनेछ । जब एउटा बाहुन वा क्षत्री लिम्बूको पालम तथा राई किराँतको साकेलामा रमाउँछ र जनजातीहरुले दशैं तिहार तिज जस्ता चाडमा रमाउँछन् तबमात्र हाम्रो बिशाल छातीमा नेपाली संस्कृति मौलाउँछ । नेपाल भित्र मनाउँने सबै जातजातिका सँस्कृतिहरु, चाडपर्वहरु आम नेपालीका नीधि हुन । हामीले अरुको संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक संस्कृतिलाई सामयिकीकरण र विक्रितिहरुको निरन्तर सुधार गरी सही व्याख्या तथा अभ्यास गरेमा हामी साँस्कृतिक उत्थानशीलता तर्फ उन्मुख हुनेछौं ।
त्यसैले दशैंको सम्बन्धका माथि भनिएका ९र नभनिएका समेत० कुनै पनि खाले विभाजित मतहरुको आजैदेखि अन्त्यको आह्वान गर्दै हिन्दुहरुको मात्र पर्वको रुपमा अर्थ्याउन लागिएको यो पर्वलाई सारा नेपालीको पर्वको रुपमा बुझी आफ्नो मौलिक परम्परा र पारिवारिक सम्प्रदायिक प्रचलन अनुसार उल्लास पुर्वक मनाउन लेखक अग्रह गर्दछ । यसले नेपाली राष्ट्रिय एकता अखण्डता तथा सार्वभौमिकता समेत बलियो हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here