मजदुर नेता कोइरालाको निधन

२९ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

इटहरी,

इटहरी – २ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ ।
गएरातिको विहान ३ वजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
उहाँलाई उपचारका लागि अस्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकाक्रममा आइसीयू आवश्यक परेकाले हिजो वेलुका उहाँलाई विराटनगर लगिएको थियो ।

त्याग र निष्ठाका प्रतिमूर्ती पूराना कम्यूनिष्ठ नेता कोइराला लामो समयदेखि मृगौला सम्वन्धि रोग वाट पीडित हुनुहुन्थ्यो ।२०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा वुवा देवनारायण र आमा कृष्णमायाँको जेष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको थियो ।उहाँका श्रीमति४ भाई छोरा र २ जना छोरी हुनुहुन्छ । उहाँले शरीर दान गर्नुभएकाले आवश्यक प्रक्रिया पूरा गरेर दिउसो १ वजे उहाँकै निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने वताइएको छ । कमर्ठ र त्यागि नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गर्नुभयो । २०२६ सालमा जनता मावि इटहरीमा अध्यन गर्दा देखिनै उहाँ वामपन्थि राजनीतिमा प्रभावित हुनुभएको थियो । त्यहाँ उहाँ स्ववियू सभापति हुनुभयो । २०३० सालमा महेन्द्र वहुमुखी क्याम्पसमा अध्यन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिव भएर भूमिका निर्वाह गर्नुभयो ।

त्यहि वेला उहाँसमेत सस्थापक रहेर रातोझण्डा नामक कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । उहाँ २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटिको कार्यवाहक सचिव वन्नुभयो । सुनसरी जिल्लाको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुरयाउन उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । २०४६ सालमा आन्दोलनको क्रममा उहाँ पक्राउ पर्नुभयो । २०३४ सालदेखि महेन्द्र मावि इटहरीमा शिक्षक भै कार्य गरेपनि झापाली नेकपा माले भन्ने आरोप लगाएर उहाँको शिक्षक पेशा खोसिएको थियो । २०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष,२०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य,२०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष वनेर मजदुर आन्दोलनलाई उचाईमा पुरयाउन अहोरात्र खटनुभयो ।

२०५१ सालमा नेपाल ट्रेडयुनियन महासंघको केन्द्रीय सदस्य र २०५६ सालमा पूर्वाञ्चल संयोजकको भूमिकामा रहनुभयो । उहाँले प्रकाशित अप्रकाशित गरि १४ वटा पुस्तक लेख्नुभएको छ । उहाँलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा भब्य नागरिक अभिनन्दन गरेको थियो । त्यहि कार्यक्रममा उहाँका तीन पुस्तक लोकापर्ण गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here