भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शुन्य

१ कार्तिक २०७८, सोमबार मा प्रकाशित

तनहुँ, 

तनहुँमा कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शुन्य दरमा झरेको छ ।

जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुई र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङगाउँपालिकमा एक जना रहेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको सङ्ख्या दर शुन्य रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here