धौलागिरी पारिजातद्वारा विद्युत कार्यक्रम

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

गोलधाप ।

झापा बिर्तामोड–४ को धौलागिरी पारिजात बहुउद्धेश्य सहकारी संस्थाले ग्रामिण सामुदायिक विधुत कार्यक्रम नेपाल बिद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको छ ।

बिधुत प्राधिकरणले ल्याएको नयाँ छुट सम्बन्धि अवलम्वन तथा व्यवस्थापन संस्थाको पहुँच भन्दा बाहिर भएकाले उपभोक्ताको मागलाई ध्यानमा राख्दै संस्थाले ब्यस्थापन गर्दै आएको उक्त कार्यक्रम प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको हो ।

संस्थाले शनिबार गोलधापमा सेवा केन्द्र इकाई तथा बिधुत उपभोक्ताको भेला गराएर प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्णय पारित गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलले बिधुत प्राधिकरणले ग्रामिण सामुदायिक बिद्युत उपभोक्तालाई प्राधिकरणले ल्याएको नयाँ नीतिका बिषयमा छुटको ब्यवस्थापन गर्न असहज हुने बताए । साथै केहिबर्ष अघिदेखि उपभोक्ताको माग बिद्युत प्राधिकरणलाई बुझाउने भएकाले पनि उपभोक्ताको मागलाई ध्यानमा राखेर बिद्युत प्राधिकरणलाई बुझाउन लागिएको अध्यक्ष पौडेलले बताए ।

ग्रामिण सामुदायिक बिधुत कार्यक्रम अन्तरगत हल्दिबारी र बाह्दशीका केहि स्थानका एकहजार एकसय उपभोक्ताले बिद्युत प्रयोग गर्दै आएको संस्थाकी गोलधाप सेवा केन्द्रकी प्रमुख धनकुमारी बस्नेतले जानकारी दिइन् । सो क्षेत्रमा सञ्चालित उक्त कार्यक्रम ३ वटा ट्रान्सफमर नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत त्यस्तै ३ वटा ट्रान्सफमर नेपाल सरकारको ९० र उपभोक्ताको १० प्रतिशतमा जडान गरिएको बताइएको छ ।

सोही कार्यक्रमकाबीच संस्थाले १४ औ बार्षिक साधारणसभाको प्रतिनिधि छनौट समेत गरेको छ । कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन सञ्चालक समिति सदस्य सुशिल दाहालले प्रस्तुत गरेका थिए ।

संस्थाकी सञ्चालक समिति सदस्य कमलादेबी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य डा. गौरीशंकर झा, सुमन खनाल, दिपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । स्वागत सेवाकेन्द्र प्रमुख धनकुमारी बस्नेतले गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक राजेश दाहालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here