आबद्ध बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व चयन

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड–५ स्थित आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष नन्दमान भट्टराई ‘नरेश’को अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधानले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष भट्टराईले गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०७८÷०७९का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम तथा लेखा समितिका संयोजक दशरथ पराजुलीले लेखा समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको वासलात २१ करोड २२ लाख ४४ हजार नौ सय ३५ रुपैयाँ, जम्मा शेयर पूँजी दुई करोड ३७ लाख ८१ हजार पाँच सय रुपैयाँ, बचत संकलन आठ करोड २६ लाख ७२ हजार चार सय ५५ रुपैयाँ, कर्जा लगानी १९ करोड एक लाख ६१ हजार आठ सय ५७ रुपैयाँ, कुल कोषमा दुई करोड ३५ लाख तीन हजार तीन सय ३८ रुपैयाँ, जगेडा कोषमा ५८ लाख ६८ हजार दुई सय ३२ रुपैयाँ, नाफा एक करोड २० लाख चार हजार ६३ रुपैयाँ उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यहरु कृष्णलाल प्रसाईं, विष्णुभक्त वाग्ले र पवित्रा भट्टराई, संस्थापक सदस्य खगेन्द्र कुँवर ‘ख’, लेखा समितिका संयोजक पराजुली, सदस्यद्वय नरप्रसाद उप्रेती र पार्वती भट्टराई रहेका छन् ।

त्यस्तै नियमित बचततर्फ महेशकुमार हमाल, क्रमिक बचततर्फ प्रेमचन अग्रवाल, अनिवार्य बचततर्फ नविन भट्टराई, साधारण बचततर्फ महादेवलाल राजवंशी, बाल बचततर्फ सायन राई र पेन्सन बचततर्फ राजकुमार दाहाल तथा असल उद्यमीतर्फ चंखबहादुर विश्वकर्मा, देवीमाया सुनुवार, भीम विश्वकर्मा र टीकाराम चौलागाईं रहेका छन् ।
त्यस्तै गत वर्षको एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका सन्तानमध्ये छात्रतर्फ गेविन चिमरीया र छात्रा प्रशंसा घिमिरे, उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि प्रमिला थापा र संस्थामा लामो समय सेवा पु¥याउने लेखापाल मीनाकुमारी खड्कालाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानसँगै संस्थापक अध्यक्ष अच्यूत दाहाल, सल्लाहकार समितिका सदस्य देबेन्द्र हुमागाईं, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका उपाध्यक्ष राजन वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पर्वत चिमरीयाले गरेका थिए । सोही सभाले पुनः नन्दमान भट्टराई ‘नरेश’को अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा राजन वाग्ले, सचिवमा खगेन्द्र कुँवर, कोषाध्यक्षमा शान्ता विष्ट र सदस्यहरुमा खड्ग विष्ट, गौरीप्रसाद भण्डारी, चिरञ्जिवी सिग्देल, टेकबहादुर तामाङ, नरेन्द्र न्यौपाने, रुपामाया राई र हृदयकुमारी सँग्रौला चयन भएका छन् ।

त्यस्तै सभाले सृजन बुढाथोकीको संयोजकत्वमा गोपाल चौहन र सोहनलाल राजवंशी सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here