वेलडागी शिविरमा वृद्ध-वृद्धाको लागि निर्मित भवनको मुख्यमन्त्रीद्वारा उद्घाटन

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

छविराज ढकाल/ झापा,

झापाको भुटानी शरणार्थी शिविर( बेलडाँगी -२ )स्थित वृद्ध दिवा सेवा भवनको समुद्‌घाटन प्रदेश नं-१ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका छन् ।

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मुख्यमन्त्री राईले शनिबार वृद्ध- वृद्धाहरुका लागि निर्मित भवन ,मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप ( यूएसए)को एकैसाथ समुद्घाटन गर्नुभएको हो।

उक्त समारोहमा संबोधन गर्दै मुख्यमन्त्री राईले वृद्धा-वृद्धालाई भवन बनाउने व्यक्ति भगवान सरह भएको बताएका छन् । उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र विशेष गरी रचना रिमाललाई ‘वान साईटेड लभ ‘ परेको भन्दै कलाकारहरू सबैको प्रशंसा गर्न चुकेनन्।

सो कार्यक्रममा एक दर्जन बढी नेपाली नायकदेखि गायकसम्मको उपस्थिति रहेको थियो । जसमा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकात्रय केकी अधिकारी, वर्षा रावत,वर्षा बस्नेत लगायतका चर्चित अनुहारको उपस्थिति रहेको थियो भने लोक गायक प्रेमराजा महत, गायक – गायिका क्रमशः प्रमोद खरेल , निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी , प्रवीण वेडवाल , नृत्यकार करिष्मा ढकाल , शंकर विसी , मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो। साथै, भ्वाइस अफ नेपाल बाट उदाएकी नवगायिका सन्जु मोक्तानले ” लाखौं हजार …” बाेलेकाे गीत गाउदा दर्शकहरूले औधि रूचाएका थिए । ।

त्यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत ” बाँझो खेतमा छड्के सलाम छ ‘…. गाएर लाेकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले “पानको पात …’ बाेलकाे गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत, हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई -मर्काई नाँचेका थिए ।

ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्ध- वृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here