प्रथम एनी फाक्तेप गोल्डकपमा पथरी फुटबल क्लब विजयी

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

उमानाथ भण्डारी/कमल ,

प्रथम एनी फाक्तेप गोल्डकप २०७८ आज बाट शुरु भएको छ । शिवसताक्षी ७ स्थित फाक्तेप फुटबल मैदानमा भएको आजको पहिलो खेलमा दुधौली स्पोर्टिङ क्लब, सिन्धुलीलाई ३ का विरुद्ध ४ गोल लगाउदै पथरी फुटबल क्लब मोरङ्ग बिजयी भएको छ ।

निर्धारित समयमा दुबै टिमले एकएक गोलको बराबरी गरेपछि ट्राईब्रेकरमा पथरी फुटबल क्लब विजयी भएको हो । भोलिको खेल रोयल स्पोटिङ क्लब दमक र जलथल फुटबल क्बल झापा बिच हुने छ ।

आज पहिलो दिन खेल प्रमुख अतिथि एन्फाका वरिष्ट उपाध्यक्ष पंकज विक्रम नेम्बाङ उद्घाटन गर्नुभएको थियो ।
आजदेखी सुरु भएको खेल मंसिर १८ गते सम्म हुनेछ प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जसअन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल फुटबल क्बल झापा, रोयल स्पोटिङ क्लब दमक, माईभ्याली फुटबल क्लब इलाम, धरान सि.टी. फुटबल क्लब सुनसरी, फाक्तेप फुटबल क्लब आयोजक र तुर्केनी फुटबल क्लब काँकडभिट्टा रहेका खेल संयोजक सन्तोष थेगिमले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु. ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु. ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले ४ हजार नगद र ट्रफी प्राप्त गर्ने आयोजक ले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here