पथरीशनिश्चरे,
नेकपा एमाले मोरङ जिल्ला कमिटीको आज बुधबार भएको बैंठकले विभिन्न निर्णयहरु गर्दै मातहतका सबै निकायलाई निर्देशन जारी गरेको छ ।
जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र केन्द्रीय कमिटी सदस्य समेत रहेका मोरङ इञ्चार्ज विनोद ढकालको आतिथ्यतामा तपसिलका महत्वपूर्ण विषयमा छलफल गरि सर्वसम्मत निर्णय गरिएको हो ।

बैठक सम्पन्न भएपछि पार्टीका सबै मातहतका सबै कमिटीहरूलाई जानकारी दिदै आवश्यक निर्देशन सर्कुलर जारी गरिएको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत जनाईएको हो :-
निर्णयहरू :-
नेकपा एमाले जिल्ला कमिटी मोरङको आगामी पौष २३ र २४ गते हुने नयाँ जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको अनुपात र मापदण्ड निम्नानुसार हुने व्यवस्था गरिएको छ :-
क) प्रत्येक वडा शाखा कमिटी मातहत रहेका पार्टी सदस्यहरुको भेलाबाट पहिलो १०० पार्टी सदस्य बराबर १ महिला सहित ३ जना प्रतिनिधि चयन गर्नु पर्नेछ ।१०० भन्दा कम पार्टी सदस्य रहेमा पनि ३ जना नै प्रतिनिधि चयन गर्नु पर्नेछ । १०० भन्दा बढी भएमा हरेक ५० पार्टी सदस्य बराबर थप १ जना प्रतिनिधि थप गदैजाने र अन्त्यमा शेष २५ भन्दा माथि रहेमा मात्र १ जना थप प्रतिनिधि चयन गर्ने ।
ख) भूगोल भन्नाले पालिकाका १५ वडाहरु पेशागत शाखा भन्नाले प्रध्यापक ६ वटा शाखाहरू महेन्द्र मोरङ्ग क्याम्पस, डिग्री क्याम्पस, नर्सिङ क्याम्पस सुकुना क्याम्पस, उलवारी क्याम्पस मदन भण्डारी प्रतिष्ठान र निजामती , वैकिंङ्ग संस्थान, स्थानीय पत्रकार , कानुन शाखाहरुबाट पनि माथि लेखिएक अनुपातमा प्रतिनिधि चयन गर्नुपर्नेछ ।
ग) जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट १०/१० जना प्रतिनिधि चयन गर्नु पर्नेछ । पाटीका सबै जनसंगठनबाट जिल्ला स्तरमा ५/५ जना प्रतिनिधि चयन गर्नु पर्नेछ ।
घ) शिक्षक संगठन जिल्ला स्तरबाट ९ जना प्रतिनिधि चयन गर्नु पर्नेछ ।
ङ ) मजदुरका सम्पूर्ण शाखा र ट्रेडयुनियन महासंघ (जिफन्ट) समेतबाट २१ जना प्रतिनिधि चयन गर्नु पर्नेछ ।
च ) मोरङ्ग- काठमाण्डौ सम्पर्क मञ्चबाट ४ जना प्रतिनिधि चयन गर्नु पर्नेछ ।
छ ) पिछडावर्ग तथा ओबीसीबाट जिल्ला तहमा ४ जना प्रतिनिधि चयन गर्नु पर्नेछ । ज) दलित प्रतिनिधिको हकमा पालिका स्तरमा पार्टी सदस्य बराबर १ प्रतिनिधि चयन गर्नु पर्नेछ ।
झ ) वामपन्थी मारवाडी युवा मञ्च तथा निर्माण व्यवसायी संगठनबाट ३/३ जना प्रतिनिधि चयन गर्नु पर्नेछ । प्रतिनिधि चयन गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्नेछ र अल्पसंख्यक अपाङ्गता सहित पूर्ण समावेसी हुनु पर्नेछ।
२ ) पाटी पालिका कमिटीका अध्यक्षहरु, जिल्ला लेखा आयोग र जिल्ला निर्वाचन आयोगका कमरेडहरु आयोजक सरह अधिवेशन प्रतिनिधि हुनु हुनेछ ।
३) नेकपा (एमाले) जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशनको मञ्च तथा स्वयम् सेवक व्यवस्थापन उप समितिको संयोजकको जिम्मेवारी सन्तोष वान्तवालाई दिईएको छ भने वाकी सदस्यहरू यथावत रहनु भएकोछ ।
४ ) जिल्ला अधिवेशन प्रतिनिधि शुल्क वापत आयोजकले रू. १००० र प्रतिनिधिहरूले रू. ५०० प्रतिनिधि व्यवस्थापन उप समितिमा बुझाई प्रतिनिधि परिचय पत्र लिनु पर्ने गरि अघिल्लो निर्णय संसोधन गरिएकोछ ।
५) नेकपा एमाले जिल्ला कमिटी मोरङको आगागी २०७८ पौष २३ र २४ गते हुने गरी जिल्ला अधिवेशनको उद्घाटन तथा वन्दसत्र विराटनगर वरगाछी उत्तर मनास्लु पार्टी प्यालेसमा सम्पन्न गरिनेछ ।






























