पथरीशनिश्चरे ।

मोरङको उर्लाबारी नगरपालिका वडा नं–३ मगलबारेमा रहेको इलाका प्रशासन कार्यालयको नयाँ भवन पुरानो मंगलबारेमा बन्ने भएको छ ।
मंगलबारे चौकस्थित सागुरो ठाउँमा सेवा प्रवाह गर्दै आएको उक्त ईलाका प्रशासन कार्यालयको नयाँ सुविधायुक्त संरचना पुरानो मंगलबारेमा बन्ने निश्चित भएको हो ।
उर्लाबारी नगरपालिकाको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरेपछि सो कार्यालय सार्न लागिएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।
मोरङका ६ वटा स्थानिय तहका नागरिकहरुलाई हाल सेवा दिदै आएको उक्त कार्यलयको अपर्याप्त पार्किङ, जग्गा अभाव र राजमार्गसंगै जोडिएको साँगुरो ठाउँमा सेवा सुचारु गर्न असजिलो हुने , भिडभाड बढ्ने र दुर्घटनाको जोखिम उच्च रहेको भन्दै उक्त कार्यालय अब पुरानो बजारमा सार्ने निश्चित भएपछि त्यहाँको भिडभाड कम हुने बताइएको छ ।
भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जामिन यस अघि नै छुट्याइ सकेको छ । हालै बजेट विनियोजन भएकाले चाँडै नै सो स्थानमा भवन निर्माण कार्य सुरु गरिने २ नम्वर वडा वडाध्यक्ष राजन कुमार कंडेलले बताएका छन् ।






























