बिर्तामोड ।

वीरता जेसीजले बिर्तामोड–१० मा रहेको एक विद्यालयमा एक सय विद्यार्थीलाई ब्याग वितरण गरेको छ ।
बिर्तामोड–१० स्थित विराट आधारभूत विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वीरता जेसीजले ब्याग वितरण गरेको हो । जेसीजका संयुक्त सचिव अनन्तलाल महतोको जन्मोत्सवको अवसरमा ब्याग वितरण गरिएको महासचिव टिकाराम खतिवडाले जानकारी दिए ।
विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको वीरता जेसीजले विद्यार्थीलाई अध्यायनमा सहजता होस् भन्ने उद्धेश्यले जेसीजमा आवद्ध सदस्यहरुको जन्मोत्सव तथा विभिन्न अवसर पारेर सहयोग गर्दै आएको अध्यक्ष प्रविन खड्काले बताए ।

वीरता जेसीजका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला, निमित्त प्रअ भद्रकला प्रसाई, वडासदस्य भक्तसिंह राजवंशी, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, जेसीजका पूर्वअध्यक्ष सजेश शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।
महासचिव खतिवडाले आस्थावाचन र सञ्चालन गरेको कार्यक्रममा विद्यालयकी छात्रा आदिती राजवंशीले स्वागत गरेकी थिइन् ।
यसैबीच वीरता जेसीजले बिर्तामोड–३ विराटपोखरमा रहेका १५ विपन्न घरपरिवारका सदस्यलाई ब्याङ्केट वितरण गरेको छ । जेसी घनश्याम चौधरीको जन्मोत्सवको अवसरमा विपन्न परिवारलाई ब्याङ्केट वितरण गरिएको महासचिव खतिवडाले जानकारी दिए ।

बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की, जेसीज पूर्वअध्यक्ष सजेस शिवाकोटी,मदन बुढाथोकी, कैलाश प्रसाई, अनुज खड्का, प्रेम उप्रेती, प्रमिला प्रसाई लगायतको आतिथ्य रहेको थियो । जेसी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।

हरेक जेसीजहरुको जन्मोत्सवमा केही न केही सामाजिक काम गर्नु पर्छ भन्ने उद्धेश्यले वीरता जेसीजले सामाजिक कामलाई आघि बढढाएको अध्यक्ष खड्काले बताए । उनले जन्मोत्सवमा गरिने फजुल खर्चलाई सामाजिक काममा पनि लागाउन सबैलाई प्रेरणा मिलास् भनेर यस्ता कार्यलाई वीरता जेसीजले निरन्तरता दिएको उल्लेख गरे ।






























