वडा कार्यालयको भवन शिलन्यास

0
264

झापा, बाह्रदशी गाउँपालिका वडा नम्वर ७ को भवन निर्माण शुरु गरिएको छ । संघीय सरकारबाट प्राप्त बजेटले वडा कार्यालयको भवन निर्माण शुरु गरिएको हो ।

भवनको शिलन्यास गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका छन् । एक करोड १६ लाख रुपैयाँको लागत स्टमेटमा वडा कार्यालयको भवन निर्माण शुरु गरिएको वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । वडाध्यक्ष भट्टराईका अनुसार भवन चालू आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने र भवन दुई तले हुने छ ।

वडा कार्यालयले अहिले साविक डाँगीवारी गाविस ७ को भवनबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here