नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

0
543

झापा,
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले साइबर युगको वर्तमान अवस्थामा सोही अनुरुप अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताउनुभयो । प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीका साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्री निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतु प्रतिष्ठानले चालु आर्थिक वर्षदेखि प्रहरीको तालिम क्यालेन्डरमा नै राखी अनलाइन तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here