विमल दहाल, माई ।

इलाम माई नगरपालिकाको प्रथम नगर सभा अन्तरगत दशौ वैठकबाट दुई विद्यालय सहित २२ जना राष्टसेबकलाई सम्मान गर्दै शुक्रबार सम्पन्न भएको छ ।
मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा माई नगर भित्र कार्यरत २२ जना कर्मचारीहरु र दुई बिधालयलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा स्बास्थ्य क्षेत्रबाट जीवन ताजपुरिया र शुशिला गिरी, कर्मचारीहरु वडा सचिव कैलास मल्ल, सुचना प्रविधि अधिकृत दिपिका घिमिरे, कम्युटर अपरेटर धर्मप्रसाद भण्डारी, सब ईन्जिनियर मनोज भण्डारी, असिष्टेन सब ईन्जिनियर रमेश गिरी, कार्यालय सहयोगिहरु घनश्याम दुलाल, कमल प्रसाद घिमिरे र टेक नारायण श्रेष्ठ रहनु भएकोछ ।

उपमेयर बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७८/०७९ को संसोधित बजेट प्रस्तुत गरिएको सभामा मावि शिक्षक तर्फ विकास राई (कन्काई माबि), रोम राई (कृष्ण माबि), बालबिकास तर्फ हिरन राई (कैलाश आबि), सहायक कर्मचारी सन्त बहादुर मोक्तान (लक्ष्मी आदर्श माबि), विद्यालय तर्फ बिरेन्द्र माबि र गरुवा आबि सम्मानित भएका छन् ।
त्यस्तै २०७४ सालमा निर्बाचित जनप्रतिनिधिहरुको अन्तिम नगरसभाबाट कार्यपालिका सदस्य तर्फ वडा नम्बर १० का वडाध्यक्ष मनबहादुर बस्नेत र वडा नम्बर ६ का वडाध्यक्ष मुखराज आङ्दम्बे तथा कार्यपालिका सदस्य कुमारी रोका मगर सम्मानित हुनु भएको छ ।
वडा सदस्यहरु भुपेन्द्र पुर्बछाने, हरिमाया गौतम , महेन्द्र बुढाथोकी र कल्पना बिश्बकर्मा माई–१० सम्मानित हुनुभएको प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलले जानकारी दिनुभयो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्रनाथ शर्माले सभा सन्चालन समन्वय गर्नुभएको सभाबाट विमा तथा नबिकरण, अपाङ्गता लक्षित कार्यक्रम, नगर अस्पताल कर्मचारी तलब, भुमिको जिडिपिएस, सार्बजनिक सुनुबाई लगायतको कार्यक्रम संसोधन गरि तय गरिएको छ ।
त्यस्तै माई नगरपालिका संसोधित आर्थिक ऐन २०७८ र संसोधित सहकारी ऐन २०७४ माथि वडाध्यक्ष मुखराज आङ्दम्बेको प्रस्ताबमा वडाध्यक्ष मनबहादुर बस्नेतको समर्थनबाट सर्वसम्मत पारित गरिएको थियो ।






























