जीवन र प्रेम

0
1334

प्रेम त्यो होइन जसमा स्वार्थ लुकेको हुन्छ । प्रेम त त्यो हो जसमा दुई आत्माको मिलन हुन्छ । संसारमा प्रेमलाई विभिन्न अर्थमा लिएको पाइन्छ । संसार मायामा नै चलेको हुन्छ चाहे त्यो पशुपंक्षीमा होस् वा मानवमा । कसैको प्रेमी बन्नु या कसैको प्रेम पाउनु, कसैको प्रेममा पागलसरी बन्नु या त युगल जोडी भई एक–अर्काको प्रेममा हराउनु यो सबै चलिरहेकै हुन्छ मानव जीवनमा ।

एकअर्कालाई चाहेर पाउन खोज्नु पनि पटक्कै प्रेम होइन । प्रेममा त्याग र समर्पण पनि राख्न सक्नुपर्दछ । भगवान श्रीकृष्णलाई पनि राधाले अथाह प्रेम गरेकी थिइन् । तर, श्रीकृष्णलाई राधाले त्याग्न विवश थिइन् । सबैको चाहना हुन्छ आफूले चाहेको व्यतिm आफ्नो साथमा रहोस् र हरपल मायाको अनुभूति दिलाइरहोस् । कसैले पनि चाहँदैन कि आफ्नो रोजाई अर्कालाई सुम्पने दिन आएको ।

हरेक वर्ष प्रेमीहरुको दिवस आउने गर्दछ । यो प्रेम दिवसले कतिपय जोडिएका प्रेमीहरु विवाहतर्फ मोडिन्छन्, कतिपय जोडीलाई बिना बाबुको आमा हुने परिस्थिति ल्याइदिन्छ भने कतिपय जोडीहरु प्रेमिल समयमा रम्ने गर्दछन् । आखिरमा यो प्रेम दिवस त सच्चा प्रेम गर्ने व्यक्तिहरुको दिवस हो । प्रेम दिवस जस्तो पवित्र दिनलाई स्वार्थ र विश्वासघातले लात मारिरहेको दृश्य पनि आजकाल देख्न पाइन्छ । कसैको पनि जीवनमा आघात पुग्ने काम कोही कसैले गर्नुहुँदैन ।

आजभोलि किशोर–किशोरी प्रेमको आगोले पोलेर यत्रतत्र भड्किइरहेका हुन्छन् । न त परिवार, न त पढाइ, न त आफ्नो भविष्यलाई सोच्न सक्छन् । क्षणिक आकर्षणलाई प्रेमको नाम दिई उनीहरुले जीवनलाई अँध्यारो रातमा ढल्काएको आभाष म गर्छु । कोही कसैलाई राम्रो लाग्नु त्यो प्रेम होइन क्षणिक आकर्षण हो । तर, उनीहरु यो बुझ्दैनन् कि उनीहरु आकर्षणलाई प्रेम भन्न रुचाइरहेका छन् ।

प्रविधिमय बनेको छ– हर सम्बन्ध कतिबेला सकिन्छ, कतिबेला जोडिन्छ केही थाह हुँदैन । पहिलेका प्रेम बर्षौंदेखि हुलाकबाट आएको पत्रको इन्तजारमा रहने मिठासताले भरिएको हुन्थ्यो भने आजकालको प्रेम इन्टरनेटमय बनेको छ । आज एउटासँग सम्बन्धमा भएको व्यक्ति भोलि अर्कोसँग जोडिएको हुनसक्छ । आकर्षणले भरिएको प्रेमका कारण आज कैयौं किशोर–किशोरीको जीवनले मृत्यु पनि रोजेको पाइन्छ । प्रेमले कसैको जीवन उजाड नबनाओस्, कसैको जीवनलाई मृत्यु उपहार नदेओस् र कसैको घरव्यवहार भविष्य यता न उताको नबनाइदिओस् । बस् यही चाहना छ मेरो ।

प्रेममा विश्वास र भरोसा हुन आवश्यक छ । विश्वासले नै मानिसको जीवनमा सकारात्मक सोचको विकास गराउन सक्दछ । त्यसैले प्रेम त यस्तो बनोस् गुलाफको फूल जस्तो जुन काँडाबीच पनि मुस्कुराउन सक्ने । प्रेम त यस्तो बनोस् बिछोडमा पनि घरि–घरि सम्झेर रुवाउन सक्ने । प्रेम त यस्तो बनोस् टाढा हुँदा पनि नजिक बसे जस्तो लागीरहने, प्रेम त यस्तो बनोस् कुनै दिन टाढा हुँदा पनि घृणाको भाव कहिल्यै नआउने सम्झँदा खुशीको आँशु झरोस् र प्रगतिमा परैबाट बधाई दिने । प्रेम कहिल्यै यस्तो नबनोस् नपाउञ्जेल हिरा पाएपछि मलखाडीको किरा जो गन्तिमा नआउने ।
कैयौं लेख प्रेमील भावमा लेखिएका छन् । कतै मिलनको गीत बजेको पाइन्छ त कतै बिछोडको । मिलन होस् या बिछोड प्रेम लज्जित नबनोस् । प्रेमलाई गाली नगरियोस् । कसैको सपनाको संसार बेरंगीन नबनाइयोस् । बस् यही प्रार्थना छ । हरेक प्रेमील जोडिहरु हाँसेर, रोएर वा टाढा भएर प्रेमलाई धिक्कार्ने दिन नआओस् । हरेक प्रेमील मनहरुले भगवान राधा र कृष्णको जस्तो प्रेम गर्न सकुन् पवित्र । व्यक्त गरिएको प्रेमभन्दा अव्यक्त प्रेममा अझै बढी मिठासता पाइन्छ ।

जो आफ्नो हो मनमा रहन्छ हरपल, जो आफ्नो होइन, मनमा मात्र होइन दिमागमा पनि रहने छैन । त्यसैले भरसक आफूलाई प्रेम गर्नुहोस्, आफूलाई माया गर्नुहोस्, आफ्नो मनलाई बुझ्नुहोस्, अरुलाई नदुखाउनुहोस् । एउटा गुलाब झैं तपाइँ पनि काँडाबीच हाँस्न सक्नुहुनेछ दुखाइहरुमा । हरेक प्रेम दिवसले सबैको जीवन गुलाफको फूल झैं सुन्दर बन्न मद्दत गरोस् । प्रेमको उल्टो शब्द घृणा कसैको जीवनमा नआओस्, प्रेमील मनहरुमा प्रेम दिवस अर्थात् १४ फेब्रुअरीको हार्दिक शुभकामना ।

प्रेम जीवन हो, तर प्रेमका खातिर आफ्नो जीवन–मृत्युको मुखमा नपु¥याउँ हर कोहीले । जीवन रहे मात्र प्रेम गर्न सकिन्छ । त्यसैले जीवन अनि मात्र प्रेम…!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here