दमक ।

युवराज दुलालको अध्यक्षतामा झापाको दमक–२ मा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी गठन भएको छ ।
जिल्ला कमिटी झापाका सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामामा शनिबार सम्पन्न भेलाले वडा कमिटी गठन गरेको हो । नेकपा (एकीकृत समजवादी) दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेका अनुसार वडा कमिटीको उपाध्यक्षमा सन्तोष पौद्धार, सचिवमा सुमन अधिकारी, उपसचिवद्धयमा सरिता गदाल र चुडामणी तिम्सिना चयन हुनुभएको छ ।
त्यस्तै, वडा सदस्यहरुमा नागेश्वर पौद्धार, राजेश बिक, बिबि घतानी, हिमालय दाहाल, कमला गौतम कार्की, पुजा श्रेष्ठ, तारा बिश्वकर्म, शुष्मा घतानी, गीता कार्की, चन्द्रिका कार्की लगायत ३५ सदस्यीय वडा कमिटी गठन भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
युवराज दुलालको अध्यक्षतामा वडा स्तरीय भेला सम्पन्न भएको थियो । सो अवसरमा पार्टीका प्रदेश १ कमिटीका सदस्य एबम् नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, केन्द्र प्रसाई, जिल्ला सदस्य टिका प्रसाई नगर अध्यक्ष महेश घिमिरे लगायतले नव गठित वडा कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।


























